तीनजना पत्रकार पुरस्कृत 

सर्लाही, असार १५ 

सर्लाही, महोत्तरी तथा सिन्धुली जिल्लालाई कार्यक्षेत्र बनाएर सुरक्षित बैदेशिक रोजगारको क्षेत्रमा उत्कृष्ट पत्रकारिता गर्ने तीनजना पत्रकार पुरस्कृत भएका छन् । उनीहरुलाई सर्लाहीको हरिवनमा रहेको सहयोगी समाज नेपालले पुरस्कार सहित सम्मान गरेको हो । 

बुधवार हरिवनमा एक कार्यक्रमका बीच उनीहरुलाई पुरस्कार प्रदान गरियो । पुरस्कृत हुनेहरुमा सामुदायिक रेडियो एकता, सर्लाहीका जनार्जन खत्री, द पब्लिक टुडे, महोत्तरीका राजकरण महतो र रेडियो सिन्धुलीगढी, सिन्धुलीका सुजाता तामाङ छन् । उनीहरुलाई जनही ५ हजार नगद र प्रशंसा पत्र सहित सम्मान गरिएको हो । हरिवन नगरपालिकाका कार्यकारी अधिकृत यादवप्रसाद सापकोटाले पुरस्कार प्रदान गरे । 

सो अवशरमा बोल्दै कार्यक्रमका प्रमुख अतिथी सापकोटाले वैदेशिक रोजगारलाई सुरक्षित बनाउन पत्रकारको भूमिका प्रशंसनिय रहेको बताउँदै यस्तो किसिमको सम्मानले अझ उत्प्रेरित गर्ने बताए । कार्यक्रममा सर्लाहीमा कार्यरत अग्रज पत्रकार चुडामणि वाग्ले, विश्वनाथ ठाकुर, टंक क्षेत्री लगायतले मन्तव्य राखेका थिए । 

पुरस्कार वितरण कार्यक्रममा सर्लाही, महोत्तरी र सिन्धुलीका पत्रकार सहभागी थिए । सहयोगी समाज नेपालले वैदेशिक रोजगारीको क्षेत्रमा उत्कृष्ट कलम चलाउने पत्रकारहरुलाई केही वर्ष देखि सम्मान गर्दै आएको सो संस्थाका अध्यक्ष हरी थापाले जानकारी दिए । 

योे पनि पढ्नुहोस् 

मलेसियामा डेढ बर्षदेखि बेखवर रहेका छोराले फोन गरेपछि …

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय