मलेसियामा तलव बृद्धि, कामदारलाई भन्दा सरकारलाई फाइदा

सुदीप निउरे, असार,१५ क्वालालम्पुर 

मलेसियामा काम गर्ने नेपालीले दैनिक एकसय रुपैया थप ज्याला पाउने भएका छन् । यसबाट मलेसियामा रहेका झण्डै ५ लाख नेपालीलाई आंशिक लाभ हुनेछ ।

नेपाली कामदारले २६ दिनसम्मको न्युनतम ज्यालामा एकसय रुपैयाका दरले बढि पाउने भएका हुन । उनीहरुले २६ दिन बराबर १ सय मलेसियन रिंगेट थप प्राप्त गर्नेछन् । यसलाई नेपाली मद्रामा तुलना गर्दा सरदर एकसय रुपैया थप ज्याला पर्न आउछ ।

एक दिनको झण्डै ३ रिंगेट ८४ सेन्ट ज्याला बृद्धि भएको हो । नयाँ ज्यालादर शुक्रबार देखि लागु हुने यहाँको सरकारले घोषणा गरेको छ । मलेसियाले देशको पुर्वी भागमा र पश्चिम भागमा गरि अलग अलग ज्यालादर तय गरेको छ । पुर्वी मलेसियामा ९ सय २० आरएम न्युनतम ज्याला तय गरेको छ भने पश्चिम मलेसियामा एक हजार आरएम न्युनतम ज्याला तय गरेको छ । नेपाली कामदारको बाहुल्यता पनि पश्चिम मलेसियामा छ । 

पश्चिम मलेसियामा यसअघि २६ दिनको न्युनतम ज्याला ९ सय आरएम रहेकोमा एकसय आरएम थपगरी एक हजार आरएम बनाईएको हो ।

कामदारको पारीश्रमिक बढेसंगै मलेसियाले यसअघि नै बढाउने भनेर घोषणा गरिसकेको लेबि पनि पुर्णरुपमा कार्यान्वयनमा ल्याउने छ । मलेसियाले यसअघि उत्पादन, निर्माण क्षेत्रको लागि १ हजार २ सय ५० तथा सेवा क्षेत्रको लागि १ हजार ८ सय ५० आरएम लेबि लिदै आएको थियो । त्यसैगरि कृषिको लागि ४ सय १० तथा बगानको लागि ५ सय ९० लिने गरेको थियो ।

यही लेवि दरलाई  पुर्वघोषणा बमोजिम उत्पादन, निर्माण र सेवाको लागि बार्षिक लेवि १ हजार ८ सय ५० आरएम लिने छ । त्यस्तै कृषि र बगानको लागि भन्दै ६ सय ४० आरएम लिने छ । बढेको पारिश्रमिक र लेबिलाई तुलना गर्दा यसबाट कामदारलाई भन्दा मलेसिया सरकारलाई बढि फाईदा हुने देखिन्छ ।

बढेको ज्यालाबाट बर्षमा एक जना नेपालीले १२ सय मलेसियन रिंगेट अर्थात झण्डै ३१ हजार ५ सय रुपैया बढि कमाउने देखिन्छ । यहाँको सरकारले नया लेबिदर मार्फत ६ सय आरएम अर्थात १५ हजार ८ सय रुपैया असुल गर्नेछ । बाकी रहेको ६ सय आरएम अर्थात १५ हजार ८ सय मात्र कामदारको हातमा पर्नेछ । बढ्दो महंगीलाई बृद्धि भएको आंशिक ज्यालादरले थेग्न सक्ने देखिंदैन । यसरी न्युनतम पारिश्रमिक बढाएसंगै लेबिलाई पनि पुर्णरुपमा कार्यान्वयनमा लैजादा नेपाली कामदारलाई बढेको पारिश्रमिकबाट सामान्य आम्दानी हुने देखिन्छ । 

बढाएको नया ज्यालादर पुर्णरुप कार्यान्वयन गर्न मलेसियाले सबै कम्पनिहरुलार्इ आदेश जारी गरेको छ । मलेसियाले आप्रवासि कामदारको ज्यालादर बढाउने घोषणा गत बर्षको अन्त्यमै गरेको थियो ।

यो पनि पढ्नुहोस् 

मलेसियामा डेढ बर्षदेखि बेखवर रहेका छोराले फोन गरेपछि …………

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय