दुतावासको छाप र दस्तखत किर्ते गरेको अभियोगमा मेनपावर व्यवसायी पक्राउ 

काठमाडौं असार १४ 

कतार स्थीत नेपाली दुतावासको सरकारी छाप र दस्तखत किर्ते गरेको अभियोगमा दुई व्यक्ति पक्राउ परेका छन् । कतारको स्टील को एण्ड कन्स्ट्रक्सन कम्पनीको मागपत्रलाई प्रमाणिकरण गरेको नक्कली दस्तखत र सरकारी छाप प्रयोग गरेको आरोपमा सहबहादुर राना र नेत्र बहादुर पुन पक्राउ परेका हुन् । 

उनीहरु अमिदावा बुद्ध मेनपावरका सञ्चालक रहेको प्रहरीले जनाएको छ । उनीहरुलाई महानगरीय अपराध महाशाखाबाट खटिएको विशेष टोलीले पक्राउ गरेको थियो । पक्राउ परेका उनीहरुलाई सरकारी छाप दस्तखत किर्ते मुद्धामा आवश्यक कारवाहीका लागि महानगरीय प्रहरी परिसर, काठमाडौं पठाइएको प्रहरीले जानकारी दिएको छ । 

यो पनि पढ्नुहोस् 

मेनपावर व्यवसायीलाई राजदुत नवनाउन माग गर्दै संसदिय समितिमा उजुरी 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय