रमादानमा मजदुरलाई खाना

युएई- मुस्लिम समुदायको चाड महिना रामादनको अवसरमा गैर आबासिय नेपाली संघ (एनआरएनए), युएईले मजदुरहरुलाई खाना बितरण गरेको छ । 

शारजाहमा रहेको इन्टरप्लास्ट कम्पनीमा रहेका कामदारहरुलाई दिनभरको उपबास रोजा तोड्न इफ्तारको लागि बिर्यानी सहितको खाना बितरण गरेको एनआरएनए, युएईका प्रबक्ता बाल कृष्ण मरासिनीले जानकारी गराएका छन । संघले कामदारहरुलाई बिर्यानी सहित लस्सी र पानी बाँडेको थियो । उक्त कार्यले युएईको नेपाली समाजमा सकारात्मक सन्देश दिएको भन्दै प्रशंसा गरिएको छ ।  

एनआरएनए, युएईका अध्यक्ष सुदीप कार्कीको उपस्थितीमा भएको उक्त कार्यक्रम सर्हानिय र धार्मिक सम्मानको उच्च उदाहरण प्रस्तुत गरेकोमा नेपाली मुस्लिम सोसाइटी युएईका नुमान सिद्दिक्कीले धन्यवाद दिएका छन ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: