ज्यान गुमाएका नेपालीको परिवारलाई सहयोग 

काठमाडौं – गैरआवासीय नेपाली संघ (एनआरएनए) ले अफगानिस्तानमा ज्यान गुमाएका १२ नेपालीको परिवारलाई एक( एक लाख रुपैयाँ सहयोग गर्ने भएको छ । संघको अन्तराष्ट्रिय समन्वय परिषद अन्तर्गत परोपकार तथा मानबिय साहयता समितिबाट उक्त रकम सहयोग गर्न लागेको हो । काबुलमा भएको आत्मघाती आक्रमणमा मृत्यु भएका १२ नेपालीहरुको मृत्यु भएको थियो । र उनीहरूको शव काठमाडौं पुगेको छ ।

गैर आबासीय नेपाली संघ ९एनआरएनए० उपाध्यक्ष कुमार पन्तले वैदेशिक रोजगारीका लागि अफगानिस्तान पुगेका १२ नेपाली तालिबानको आक्रमणमा मारिएको घटनाले संघ अत्यन्तै दुःखी भएको बताए। उनले भने, कमाउँन गएका हाम्रा दाजुभाईहरुको शप बाकसमा फर्किएको छ ,यस्तो दुःखद घडीमा मृतकका परिवारलाई थोरै भए पनि राहत होस् भन्दै सहयोग घोषणा गरेका हौं ।

घटनाले देशवसी नेपालीहरु मात्र नभई विदेशमा गैरआबासीयहरुको मन पनि रोएको भन्दै उपाध्यक्ष पन्तले काबुल बिष्फोटको निन्दा गर्दै ज्यान गुमाउने नेपालीप्रति हार्दिक श्रद्धाञ्जली प्रकट गर्दै घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामाना गरे ।

संघका अध्यक्ष शेष घलेले घटना लगत्तै शोक बक्तब्य जारी गर्दै आतंककारी हमलामा बैदेशिक रोजगारीमा रहेका नेपालीले ज्यान गुमाउँदा संसारभरी रहेका गैरआवासीय नेपालीहरु स्तब्ध र मर्माहत भएको बताएका थिए ।

अनलाइन खवरबाट 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय