दलाल, मानवतस्करलाई कडा कारवाही गर्न मेनपावर व्यवसायीको माग 

काठमाडौं, असार ७

नेपाल बैदेशिक रोजगार व्यवसायी संघले अफगानिस्तान जस्ता मुलुकहरुको श्रम स्वीकृति बारे पुनर्विचार गर्न सरकारसँग आग्रह गरेको छ । अफगानिस्तानमा आत्मघाती आक्रमणमा १२ नेपाली मारिएपछि संघले विज्ञप्ती निकालेर यस्तो आग्रह गरेको हो । 

सुरक्षा गार्डका रुपमा कार्यरत नेपाली मारिएको समाचारले संघ अत्यन्त दुःखी र मर्माहत भएको भन्दै संघका अध्यक्ष विमल ढकालले असुरक्षित रुपमा अफगानिस्तान जाने गरेकोमा चिन्ता पनि प्रकट गरेको छ । 

विज्ञप्तीमा भनिएको छः रोजगारका लागि सरकारले खुल्ला गरेका १ सय १० मुलुक अन्तर्गत नै रहेपनि अफगानिस्तानमा दलाल र मानव तस्करहरुले गैरकानूनी रुपले हजारौं नेपोलीलाई पठाइरहेका छन् । आइतवारको आक्रमणमा मारिएकाहरु बैधानिक तवरले गएका वा अवैधानिक बाटोबाट गएका हुन् भन्ने समेत छानविन गर्न संघले आग्रह गरेको छ । यदि उनीहरुलाई गैरकानूनी ढंगमा अफगानिस्तान पुर्याइएको भएमा त्यस्ता गैरकानूनी काममा संलग्न दलाल र मानव तस्करहरु पत्ता लगाइ कडा कडा भन्दा कडा कानूनी कारवाही गर्न संघले सरकारसँग आग्रह गरेको छ । 

यसैगरी आक्रमणमा परी ज्यान गुमाएकाहरुको शव अविलम्व नेपाल ल्याउने व्यवस्था गर्न पनि संघले आग्रह गरेको छ ।    

यो पनि पढ्नुहोस्   

साउदीको २० हजारको जागिर छोडेर फर्केर नेपालमै महिनामा एक लाख कमाउँदै

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय