
काठमाडौं असार ५- धादिङ जिल्लामा सञ्चालित सुरक्षित आप्रवासन सुचना तथा परामर्श केन्द्रमा प्रमुख जिल्ला अधिकारीले लगाउन लगाएको ताला तत्काल खोलि सेवा दिने वातावरण निर्माण गर्न सुरक्षित आप्रवासनका लागि राष्ट्रिय सञ्जालले माग गरेको छ ।
सञ्जालले प्रेश विज्ञप्ती जारी गर्दै श्रम तथा रोजगार मन्त्रालयको अनुरोध र गृह मन्त्रालयको निर्देशनको आदेश अनुसार विभिन्न जिल्लाहरुमा जिल्ला प्रशासन कार्यालय हाताभित्र सुचना केन्द्रहरु सञ्चालनमा रहेको उल्लेख गरेको छ ।
हल बैदेशिक रोजगारमा जाने अधिकाँश नेपाली कामदारहरुले यथेष्ट सुचना तथा जानकारी नपाएका कारण बैदेशिक रोजगारको शिलशिलामा विभिन्न समस्याहरु भोग्नु परिरहेको विज्ञप्तीमा उल्लेख छ । सञ्जालले भनेको छ: यिनै समस्यालाई सम्वोधन गर्नका लागि राहदानीको फारम भर्न सहयोग गर्ने देखि लिएर बैदेशिक रोजगारका विभिन्न चरणहरुको बारे परामर्श दिने र गन्तव्य मुलुकमा समस्यामा परेका प्रवासी कामदार र उनीहरुको परिवारलाई समेत आवश्यक सहयोग र सुचना प्रदान गर्दै आएको सुचना केन्द्र बन्द गरिनुले हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।
बैदेशिक रोजगारमा जाने नेपाली कामदारले पाउने सुचनाको हक सुनिश्चित गर्नका लागि महत्वपूर्ण भूमिका खेलेको सो सुचना केन्द्र कुनै पनि बहानामा बन्द गर्न नहुने सञ्जालले ठहर गरेको छ । सञ्जालका महासचिव अशोक रानाद्धारा जारी विज्ञप्तीमा कामदार र उनीहरुका परिवारले प्रत्यक्ष सेवा पाइरहेको सुचना केन्द्र यथाशिघ्र सञ्चालन गर्न अपिल समेत गरिएको छ ।
सुरक्षित आप्रवासनका लागि राष्ट्रिय सञ्जाल नेपालमा आप्रवासनका क्षेत्रमा काम गरिरहेका संस्थाहरुको छाता संगठन हो । यसमा विभिन्न १९ वटा संस्था आवद्ध छन् । धादिङ जिल्लामा सञ्चालित सुचना तथा परामर्श केन्द्रमा प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश सुवेदीको आदेशमा गत शुक्रवारदेखि ताला लगाइएको छ ।
यो पनि पढ्नुहोस
सिडिओले नै बन्द गराए सुरक्षित बैदेशिक रोजगार सम्वन्धि सुचना केन्द्र