मलेसियाका जेलबाट धमाधम नेपाली फर्काइदै  

सुदीप निउरे ,असार २ ,क्वालालम्पुर

मलेसियामा बिभिन्न कारणले जेल परेका नेपालीलाई पछिल्लो समय धमाधम स्वदेश फर्काइएको छ । जेल सजाए काटेर घरफिर्ती केन्द्रमा लामो समयसम्म अलपत्र परेकालाइ घर फर्काइएको हो । उनीहरुलाई फर्काउन नेपाल सरकारले आर्थिक सहयोग गरेको छ । मलेसियामा नेपालीहरु बिभिन्न कारणले जेल पर्ने गरेको भएपनि अबैधानीक कामदार भएका कारण जेल पर्नेहरु अत्याधिक छन । 

बुधबारमात्र  २६ जना  नेपालीलाई स्वदेश फर्काइएको मलेसियास्थित नेपाली राजदुतावासले जनाएको छ । 

घर फर्किनेहरुमा  भोजपुरका धनदेव राई र विनोद गौतम, दोलखाका लाक्पा दोर्जे शेर्पा, सुनसरीका गितामाया राई र लाल वहादुर विश्वकर्मा,उदयपुरका हरि वहादुर थापा, पाचँथरका रुपेश सुवेदी , धन प्रसाद नेम्वाङ, लोक प्रसाद नेम्वाङ, र कविन्द्र योङहाङ रहेका छन् ।

त्यसैगरी सिन्धुपाल्चोकका भुपेन्द्र  श्रेष्ठ, दाङका धर्मराज भटटराई , कपिलवस्तुका प्रदिप अहिर, सुर्खेतका विवेक सोडारी, तनहँका मिलन गुरुङ, काठमाडौंका प्रविन कृष्ण पौडेल, झापाका भोजराज घिमिरे, सप्तरीका वागविच लोप्चन र गोपाल राई, रोल्पाका शेर वहादुर दमाई, मोरङका प्रकाश कुमार राई, नुवाकोटका काले तामाङ, जाजरकोटका नरेन्द्र कुमार सिह, रुकुमका सत्य नारायण वुढा, महोत्तरीका राज कुमार यादव र काभ्रेका कृष्ण हरि वानिया छन् ।

मलक्का राज्य अन्तर्गत घर फिर्ती केन्द्रमा रहेका उनीहरुलाइ निःशुल्क एकतर्फि हवाई टिकट दिएर स्वदेश फर्काइएको हो । त्यस केन्द्रमा दश दिन अघि राजदुतावासको टोली गएर अनुगमन गरेको थियो ।

नेपाल सरकार बैदेशिक रोजगार प्रवर्धन बोर्डले पठाएको सहयोग रकमबाट हवाई टिकट खरीद मलेसियाको एयर एसीया, मालीण्डो एयरलाइन्सबाट क्रमश १५ जना र ११ जनालार्इ स्वदेश पठाईको राजदुतावासले जारी गरेको बिज्ञप्तीमा उल्लेख छ । 

बिगत डेढबर्षको अवधिमा सरकारी तथा बिभिन्न संघसंगठनको आर्थिक सहयोगमा घरफिर्ती केन्द्रमा रहेका नेपाली मध्ये ५ सय ५७ जनालाई  स्वदेश फर्काई सकिएको राजदुतावासले जानकारी दिएको छ । अन्यलाई पनि चाँडै नै निःशुल्क टिकट उपलब्ध गराएर नेपाल फर्काइने तयारी भईरहेको  राजदुतावासका प्रबक्ता एव् दितिय सचिव उत्तम  शाहिले बताए । मलेसियाका सबै जेल तथा घरफिर्ती केन्द्रबाट नेपालीलाई शुन्यमा झार्ने योजना अनुसार काम भईरहेको प्रबक्ता शाहिले जानकारी दिए  ।

यो पनि पढ्नुहोस्

मलेसियामा अवैधानिक रुपमा बसेकाहरु दर्ता हुन गएनन् 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय