मलेसियामा अवैधानिक रुपमा बसेकाहरु दर्ता हुन गएनन् 

क्वालालम्पुर, असार १ 

मलेसियामा अवैधानिक रुपमा बसेर काम गरिरहेका आप्रवासी कामदारहरुका लागि सरकारले खुल्ला गरेको पुनदर्ता कार्यक्रम सफल देखिएको छैन । त्यसरी बसिरहेकाहरु दर्ता हुनेको संख्या अपेक्षा गरिएभन्दा अत्यन्त न्यून रहेको स्थानीय सञ्चार माध्यमहरुले समाचार लेखेका छन् । 

यसअघि दर्ता हुन चाहनेहरुका लागि क्षेत्र विस्तार गरिएको छ भनें थप गरिएको ६ महिने समयावधि आगामी जुन ३० मा सकिंदैछ । मलेसियाको साना तथा मझौला उद्योग संघका अध्यक्ष माइकल काँगले चर्को शुल्कका कारण यो कार्यक्रम अपेक्षा अनुसार सफल नभएको बताएका छन् । उनले यसकै कारण उद्योगि व्यवसायीले पनि उनीहरुसँग काम गरिरहेका अवैधानिक रुपमा बसेका कामदारलाई दर्ता गराउन नसकेको बताए । यसमा पुरा गर्नुपर्ने झण्झटिलो प्रकृयाका कारण पनि रोजगारदाताहरु यसमा आकर्षित नभएको उनको भनाई छ । 

चाइना प्रेससँगको अन्तर्वार्तामा उनले सरकारले अगाडी सारेको यस कार्यक्रममा निक्कै समस्या रहेको समेत तर्क गरे । उमेरको हदवन्दी लगायत यसको समस्याका पाटो रहेको उनको भनाई छ । 

काँगले यसअघि मलेसियाका रोजगारदाताहरुले उपगृहमन्त्री नुर जालान मोहम्मदसँगको भेटमा दर्ता प्रकृयालाई सहज बनाउन आग्रह गरिएको भएपनि त्यो नगरिएको गुनासो गरे । उनले उपगृहमन्त्रीले गरेको प्रतिवद्धता पुरा नभएको भन्दै त्यो पुरा हुने अपेक्षामा प्रकट गरे । 

पुनदर्ता कार्यक्रम सुरु भएयता १ लाख ११ हजार ४ सय १० जना अवैध रुपमा बसिरहेका आप्रवासी कामदार दर्ताप्रकृयामा आएको समाचारमा उल्लेख छ । 

यो पनि पढ्नुहोस् 

‘खै धेरै कमाइको आशमा विदेश जानुभयो, अहिले जिन्दगी वर्वाद भयो’ 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय