मलेसियामा दिवंगत गोर्खा सैनिकको स्मरण

सुदिप निउरे, जेठ ३२, क्वालालम्पुर

मलेसियामा दिवंगत भएका गोर्खाली सैनिकको स्मरण गरिएको छ । वारियर्स एसोसिएसन अफ मलेसियाले आयोजना गरेको कार्यक्रममा दिवंगत सैनिकहरुको स्मरण गरिएको हो । 

गोर्खा सैनिकको सम्झनामा निर्माण गरिएको स्मारकमा माल्यार्पण गर्दै कार्यक्रमका सहभागीले गोर्खाली सैनिकको योगदानबारे चर्चा गरे । मलेसियाको ईपो पेराकस्थित शाही रेजिमेन्टमा निर्मित स्मारकस्थलमा आयोजित कार्यक्रममा सहभागीले गोर्खा सैनिकले मलेसियाका लागि लडेको युद्ध सम्झिए । 

गोर्खाली सैनिककले सन १९४८ देखि सन १९६० सम्म मलेसियाका लागि आफ्नो दिलोज्यान दिएका थिए । मलेसियाको त्यस पहिलो आपतकालीन अवस्थामा गोर्खाली सैनिकले १२ बर्षसम्म निरन्तर संघर्ष गर्नु परेको थियो । सन २००५ देखि युद्धका क्रममा दिवंगत हुन गएका तिनै गोर्खा सैनिकको सम्झनामा बार्षिकी कार्यक्रम मार्फत स्मरण गर्ने गरिएको छ । 

सोही कार्यक्रमको अवसरमा स्मारकस्थल संरक्षणका लागि नेपाल सरकारले ५ लाख भन्दा बढी रकम उपलब्ध गराएको छ । मलेसियास्थित नेपाली राजदुत डाक्टर निरञ्जनमानसिंह बस्न्यातले एसोसियसनका अध्यक्ष दातु आर थम्बिपिल्लाईलाई सो रकमको चेक हस्तान्तरण गरे । कार्यक्रममा बोल्दै राजदुत बस्न्यातले बिश्बको सर्बोच्च शिखर सगरमाथा, बुद्धको जन्मभुुमि लुम्बिनि जस्तै गोर्खाली सैनिक पनि संसारभर प्रख्यात रहेको बताए । मलेसियामा गोर्खाली सेनाले देखाएको बहादुरीको ईतिहास कसैले पनि बिर्सन नसक्ने बस्न्यातले जिकीर गरे ।

कार्यक्रमका अर्का एक बक्ता कोल जेम्स रविन्सनले मलेसियामा भएको उक्त युद्धमा १० हजार सहभागी भएकोमा तीनसय गोर्खा सैनिकले शाहदत प्राप्त गरेको बताए 

सो कार्यक्रममा ब्रिटिस हाईकमिशनर, मलेसिया स्थित नेपाली राजदुत बस्न्यात, द्दितिय सचिव अरुण महत, ३५ सदस्यिय अष्टेलिएन सेना, नौसेना र वायु सेना, ब्रुनाईमा तैनाथ गोर्खा रेजिमेन्ट लगाएतको उल्लेख्य सहभागीता थियो । कार्यक्रममा सैनिकहरुले बाजागाजाका साथ सांगितीक अभिबादन गरेका थिए । 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: