रिंगिट २६ रुपैंयाँ माथि, रियाल, दिरहम र दिनारको मूल्य कति ?  

काठमाडौं, जेठ ३१- नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार कतारी रियालको खरिदर २९ रुपैंयाँ २६ पैसा र विक्रि दर २९ रुपैंयाँ ४२ पैसा रहेको छ । यसैगरी युएई दिरहमको खरिददर २९ रुपैंयाँ छ भनें विक्रि दर २९ रुपैंयाँ १७ पैसा छ । साउदी रियालको खरिददर २८ रुपैंया ४० पैसा छ भनें विक्रि दर २८ रुपैंयाँ ५६ पैसा रहेको छ । 

मलेसियन रिंगिटको खरिद दर २६ रुपैंयाँ छ १९ पैसा भनें विक्रि दर २६ रुपैंयाँ ३३ पैसा छ । लगातार घटेको रिंगिटको मूल्य केहि समययता २६ रुपैंयाँ भन्दा माथि छ । 

यसैगरी कुवेती दिनारको खरिददर ३५३ रुपैंया २५ पैसा छ । बहराइन दिनारको खरिददर २८२ रुपैंयाँ ५६ पैसा छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले थोरै फेरवदल गरी मूल्य तोक्न पाउँछन् ।    

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय