दुवई- क्लीनरका रुपमा कार्यरत एक नेपाली युएईको दुवईमा ६ सय ३३ दिरहम(नेरु झण्डै १७ हजार) वरावरको औषधी चोरेको अभियोगमा पक्राउ परेका छन् । २३ बर्षिय ति नेपालीको नाम छोटकरीमा बीटी भनिएको छ ।
उनले आफ्नो झोलामा हालेर ति सामान लगेको स्वीकारेको स्थानीय सञ्चार माध्यमले समाचार लेखेका छन् । उनले धेरैपटक गरी औषधी चोरी गरेको र सुरक्षाकर्मीले जाँचका क्रममा फेलापारेपछि उनी बस्ने ठाउँमा गएर खानतलासी गर्दा थप औषधी फेला परेको थियो । उनलाई प्रहरीले पक्राउ गरेको छ ।
ति नेपालीले आफूले चोरी गरेको स्वीकारेको पनि समाचारमा बताइएको छ । यो मुद्धाका बारेमा आगामी जुन १९ तारिखमा अदालतमा सुनुवाई हुने जनाइएको छ ।
यो पनि पढ्नुहोस्
सिडिओले नै बन्द गराए सुरक्षित बैदेशिक रोजगार सम्वन्धि सुचना केन्द्र
