एनआरएनए मलेसियामा नयाँ अध्यक्ष 

सुदीप निउरे, जेठ २९, क्वालालम्पुर

बिश्वबिक्रम राई गैर आवासिय नेपाली संघ मलेसियाको अध्यक्षमा चयन भएका छन् । झन्डै दुई महिना देखि रिक्त रहेको अध्यक्ष पदमा राईलाई चयन गरिएको संघद्वारा जारी बिज्ञप्तीमा जनाईएको छ । बिबादै बिबादको घेरामा परिरहने अध्यक्ष महेन्द्रजंग शाहलाई कार्यसमितिले यसअघि बर्खास्त गरेको थियो ।

बिभिन्न ठगि आरोप लागेका शाह पदमुक्त भएपछि संघले प्रमुख संरक्षक शंकर बहादुर पौडेललार्इ कार्यवाहक अध्यक्षको जिम्मेवारी सुम्पेको थियो । दुर्इ महिनाको समयअवधि भित्र नयाँ अध्यक्ष चयन गर्ने पुर्व तयारी अनुसार शनिवार बसेको संघको बैठकले राईलाई सर्बसम्मत चयन गरेको छ । राईको छबि  स्वच्छ ठहर गर्दै उनलाई अध्यक्षमा चयन गरेको संघले जनाएको छ ।

नवनियुक्त अध्यक्ष राई स्थापना काल देखि गैर आवासिय नेपाली संघ मलेसियाको सदस्य, सचिव र उपाध्यक्ष हुँदै संरक्षक समेत बनि सकेका छन ।  रार्इ बिगत लामो समय देखि मलेसियामा आफ्नै ब्यवसाय गर्दै आएका छन ।  मलेसियामा एक सफल ब्यवसायीको रुपमा चिनिएका राई विवादरहित छन । 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय