
सुदीप निउरे, क्वालालम्पुर
मलेसिया र कम्वोडियाबिच श्रम सम्झौता(एमओयू) भएको छ । नेपाल सरकारले आगामी आर्थीक बर्षभित्र मलेसियासंग श्रम संझौता गर्ने घोषणा गरे संगसंगै यी दुई देशले श्रम सम्झौता गरेका हुन् ।
आप्रवासी कामदारकोे हकहित, कल्याण र सुरक्षाका लागि श्रम सम्झौता अपरीहार्य हुन्छ। यसै साता द एसोसिएसन अफ कम्बोडिया रिक्रुटमेन्ट एजेन्सीज( एसीआरसी)र मलेसियन नेशनल एसोसिएसन अफ ईम्प्लोईमेन्ट एजेन्सिजका उच्च अधिकारीहरु उपस्थित भई सम्झौता पत्रमा हस्ताक्षर गरेको मलेसियन सञ्चारमाध्यमले जनाएका छन् ।
नेपालले एक बर्ष देखि फ्रीभिसा, फ्रीटिकटको व्यवस्था गरेपछि मलेसिया कामदार खोज्न अन्य मुलुकतिर् लागेको हो । यसअघि मलेसिया कामदार पठाउने सबै भन्दा ठुलो स्रोत नेपाल रहेको थियो । नेपाल छाडेपछि बंगलादेश पस्ने संकेत देखाएको मलेसियाले एकएक कम्वोडियालार्इ मौका दिएको छ ।कम्वोडियाबाट धेरै जसो घरेलु कामदार यहा आउने जनाइएको छ ।कम्वोडियाले घरेलु कामदारमा नै ईच्छा ब्यक्त गरेको बिभिन्न सन्चार माध्यमले उल्लेख गरेका छन् ।
हाल ६ लाख भन्दाबढि कम्बोडियन नागरिक मलेसियामा कार्यरत रहेको बताईएको छ । कम्बोडियन कामदार मलेसियाको अलावा थाईल्याण्ड, सिंगापुर, जापान, दक्षिण कोरिया लगायतका मुलुकमा जाने गरेको संचार स्रोतहरुले जनाएका छन् ।
सन १९८२ यता अहिलेसम्म मलेसियाले ६ वटा मुलुकसंग श्रम सम्झौता गरी सकेको छ । कम्वोडिया भन्दा अगाडि मलेसियाले यसअघि बिभिन्न ५ मूलूकसंग श्रम संझौता गरिसकेको थियो । यसअघि फिलीपिन्स, चीन, भियतनाम, पाकिस्तान, र ईन्डोनेसियासंग मलेसियाले श्रम संझौता गरि सकेको छ ।
नेपाल, भारत बंगलादेश, म्यानमार ,श्रीलंका लगाएत देशहरु अहिलेपनि श्रम संझौता नगरीकन आफ्ना कामदार मलेसियामा पठाउने गर्दछन् ।
यहां २१ लाख आप्रवासी कामदार रहेको सरकारी तथ्यांकमा उल्लेख छ ।श्रमिकको पक्षमा कामगर्ने बिभिन्न संस्थाहरुले मलेसियामा अझैपनि ४० लाख अबैधानिक रहेका दाबी गर्दै आएका छन् । ६ वटा मुलुकसंग गरेको श्रम सम्झौता सहित मलेसियाले अहिलेसम्म ३३ बर्षमा ५९ पटक श्रमनिती हेरफेर गरेको पाईन्छ । पटक पटक श्रमनिती हेरफेर गर्ने काममा मलेसिया अग्रपंतिमा छ । यद्यपी एशियाका लाखौ आप्रावासि कामदारलाइ रोजगार दिन सक्ने मुलुकमा मलेसिया एक नम्बरमा पर्दछ ।