कतारमा अलपत्र १ सय ८५ नेपालीलाई नेपालीले गरे ठूलो सहयोग 

रवि रोषी, दोहा

कतारमा अलपत्र परेका १ सय ८५ नेपालीलाई खाद्यान्न अभाव भएको समाचार प्रकाशन भएसँगै उनीहरुलाई केहि संघसंस्था र व्यक्तिले उनीहरुलाई ठूलो मात्रामा खाद्यान्न सहयोग गरेका छन् । सोही क्रममा एभरेष्ट नेपाल युथ एसोसिएसन तथा बसन्त फिल्मस्ले समस्यामा परेकाहरुलाई ५० बोरा भन्दा बढी चामल सहित खाद्यान्न उपलव्ध गराएका हुन् । विगत ४ महिना भन्दा लामो समय देखि नेपाली कामदारहरु कार्यरत कम्पनीबाट तलव उपलब्ध नगराएपछि उनीहरुलाई खाद्यान्न संकट परेको थियो । सो समाचार देशपरदेश डटकममा पत्रकार रवी रोषीद्धारा यसअघि प्रकाशित भएको थियो ।    

एभरेष्ट नेपाल युथ एसोसिएसनले ४१ बोरा चामल सहित अन्य सामग्री वितरण गर्यो । समाचार मार्फत घटनाका बारेमा जानकारी पाएपछि एसोसिएसनका अध्यक्ष उत्तम गुरुङको अगुवाईमा सो राहत सामग्री खरिद तथा संकलन गरी वितरण गरिएको हो । 

राहत सामग्री वितरण कार्यक्रममा संस्थाका प्रमुख सल्लाहकार विल गुरुङ, विशेष सल्लाकार तेजेन्द्र महत, सल्लाहकार राजकुमार दिक्पाल लगायत पत्रकारहरु उपस्थीत थिए । 

एसोसिएसनका अध्यक्ष उत्तम गुरुङको अगुवाईमा एसोसिएसनको तर्फबाट उत्तम गुरुङले १५ बोरा चामल, एसोसिएसनका राजकुमार दिक्पालबाट १० बोरा चामल, तेजेन्द्र महतद्धारा १० बोरा चामल, सुनिल थापाबाट ५ बोरा चाम संकलन भएको थियो । यसैगरी सन्दिपकुमार भट्टराईबाट ४ बोरा दाल, बलहरी रानाबाट ३० केजी चामल, विशाल लामाबाट ३० केजी चिकेन, रमेश क्षेत्रीबाट आलु प्याज तथा अन्य सम्पुर्ण तरकारी सामग्रीहरु, पवन भारतीबाट नुन, खुर्सानी, बेसार, राम निवास कुर्मीबाट तेल लगायतका खाद्य सामग्रीहरु प्रदान गरिएको थियो । 

यसैगरी बसन्त फिल्मस्ले पनि उनीहरुलार्ई १० बोरा चामल लगायत सहयोग गरेको छ । सो संस्थाका महाप्रबन्धक र्इश्वर काफ्ले तथा सपना काफ्ले दम्पतीले पिडितको आवासमा गएर नै खाद्यान्न हस्तान्तरण गरे । 

काफ्ले दम्पतीका तर्फबाट १० बोरा चामल तथा मोना कतार तथा बसन्त फिल्मस् प्राईभेट लिमिटेडका क्रियाशिल तिलु शर्मा पौडेलले २ बोरा गरी कुल १२ बोरा चामल संयुक्त रुपमा हस्तान्तरण गरेका थिए । 

नेपाली कामदारको असहज अवस्थालाई मध्यनजर गरी एनआरएनए आईसीसी सल्लाहकार आर के शर्मा, एनआरएनए आईसीसीका गल्फ उपसंयोजक उमेश अधिकारी, एनआरएनएन सिसि कतारका सामाजिक उद्यम विकास उपसमितिका सदस्य अब्दुल वाशिदले यसअघि खाद्यान्न उपलव्ध गराएका थिए । 

यसरी ठूलो मात्रामा खाद्यान्न सहयोग प्राप्त भएपछि समस्यामा परेकाहरुले तत्काल अव खाने समस्या हल भएको भन्दै नेपाल फर्काउन मद्धत गरिदिन आग्रह गरेका छन् । दुतावासमा गएका पिडितहरुलाई नेपाली दुतावासले कानूनी सहयोग गरी यथाशक्य नेपाल फिर्ता पठाउन तदारुकताका साथ लाग्ने बताएपछि यतिबेला पिडितहरुमा छिटै घर फिर्न पाउने आशा पलाएको छ । 

यो पनि पढ्नुहोस् 

कतारमा अलपत्र १ सय ८५ नेपाली भन्छन्ः हामीलाई घर फर्काइदेउ 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय