ऋण लिएर धुर्मुुस सुुन्तलीलाई ५१ हजार सहयोग 

दिपक पुुडासैनी, दोहा- बिगत तीन बर्षदेखि कतारमा काम गरिरहेका एक युुवाले साथीहरुलाई ब्याज तिर्नेगरी ऋण लिएर गिरानचौर एकिकृत नमुुना बस्तीका लागि ५१ हजार रुपया सहयोग गरेका छन ।

नेपालमा बैंक मार्फत ऋणलिई आफै पनि घर बनाउंदै गरेका दमक, झपा घरभई हाल हमाद एयरपोर्ट दोहामा कार्यरत रमेश कार्कीले हाँस्य कलाकार जोडी धुुर्मुुुस र सुुन्तलीको अगुुवाईमा बन्दै गरेको नमुुना बस्ती निर्माणका लागि सो सहयोग गरेका हुुन । 

२०७२ साल बैशाख महिनाको भुुकम्पले गर्दा घरबार बिहिन भई बसेकाहरुका लागि धुुर्मुुस सुुन्तलीले नमुुना बस्ती बनाउन आफै खटेको थाहा पाएपछी कार्कीले ऋण गरेरै भएपनि सो सहयोग पठाएका हुुन । ग्लोबल रेमिट मार्फत कृषि बिकाश बैंकको त्रिपुुरेश्वर शाखामा रहेको धुुर्मुुुस सुुन्तली फाउन्डेसनको खाता नं ०२१०६०१०३३९२००२० मा जम्मा हुुनेगरी शुुक्रबार उनले सो रकम रेमिट गरेका हुुन ।

हुुन त दोहामा एक सय भन्दा बढी संघ संस्थाहरु छन । कलाकारीताका नाममा मात्रै दर्जन भन्दा बढी संस्थाहरु छन । आफुुलाई ठुूलै समाजसेवी भनाउन सय, पचास चन्दा दिएर अतिथी, प्रमुुख अतिथी बन्दै भाषण गर्नेहरुको पनि कतारमा कमी छैन । बिश्वभर सञ्जाल फैलाएको एनआरएनए अझ भनौ पार्षदहरुबाट संकलन गरेको रकम अपचलन गरेको आरोपमा अन्तराष्टिय ख्याति कमाएको एनआरएनको कतार शाखा पनि छ । न्यून आय हुने कामदारहरुबाट लेभी उठाएर नेपालबाट नेता बोलाएर उनीहरुलाई आतिथ्यता गराउनेहरुको पनि कमी छैन । तर अपसोच सामाजिक कामका लागि भने कुुनै संघ संस्था वा राजनीतिक दलमा लागेकाहरु, समाजसेवी वा खादा ओड्ने र भाषण गर्ने रहर गर्नेहरु अगाडी नसरिरहेको स्थीतिमा कार्कीले ऋण गरेरै भएपनि सहयोग गरेका हुन् । 

यो पनि पढ्नुहोस् 

श्रीमति खोज्न साउदी !

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय