‘ईल्लिगल’ बस्दा गुम्यो साढे ९ लाख 

रामप्रमेश मण्डल, सप्तरी

बैदेशिक रोजगारीका लागि मलेसिया गएका सप्तरीका एक युवाको उतै मृत्यु भएपछि क्षतिपूर्तिबाट पनि परिवार वञ्चित भएको छ । सप्तरीको शम्भुनाथ नगरपालिका वडा नं ७ का शम्भु खंगको मलेसियामा नै मृत्यु भएको थियो । 

श्रम स्वीकृति लिएर बैदेशिक रोजगारीमा गएका व्यक्तिको श्रम सम्झौता अवधिभित्रै मृत्यु भएमा विमा र कल्याणकारी कोषबाट पाउने साढे ९ लाख(तत्कालिन समयको) पाउने व्यवस्था छ । तर खंगको परिवारले सो रकम पाउन सकेन । 

शम्भू २०६८ कात्तिक ११ गते मलेसिया गएका थिए । उनी ईनर्जी ओभरसिज मार्फत ९५ हजार तिरेर मलेसियाका लागि उडेका थिए । कम्पनीमा लेवरको रुपमा काम गरिरहेका खंग काम गर्ने क्रममा गत बैशाख १२ गते अचानक वेहोस भएका थिए । उनको सोही दिन मृत्यु भएको थियो । 

श्रीमानको मृत्यु भएपछि उनकी श्रीमति लालोदेवी खंगले बीमा र क्षतिपूर्ति दिलाउन सहयोगका लागि सुचना तथा परामर्श केन्द्र, राजविराजमा निवेदन दिएको सुचना केन्द्रकी परामर्शदाता नीता चौधरीले बताइन् । तर सरकारी नियम अनुसार श्रम सम्झौता अवधि पार गरेपछि कसैको मृत्यु भएमा त्यसरी क्षतिपूर्ति नपाउने व्यवस्था छ । यसले खंग परिवारको विचल्ली भएको छ । 

यसरी बैदेशिक रोजगारीमा गएका व्यक्तिहरु जानकारीको अभावमा लामो समयसम्म बस्ने गरेको भन्दै चौधरीले श्रम सम्झौता अवधि सकिएपछि विदेशमा नबस्न आग्रह गरिन् । 

यो पनि पढ्नुहोस् 

कतारमा आगलागिमा परेर ११ जनाको मृत्यु, १२ जना घाइते

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय