
दोहा- कतारमा एक कम्पनीका श्रमिक बस्ने क्याम्पमा भएको आगलागिमा परेर ११ जनाको मृत्यु भएको छ १२ जना घाइते भएका छन् । बुधवार राती साल्वा पर्यटन परियोजनामा कार्यरत कामदार बस्ने क्याम्पमा भएको आगलागिमा परेर ति श्रमिकको ज्यान गएको कतारको आन्तरिक मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले ट्वीटर मार्फत सो जानकारी दिंदै आगो नियन्त्रणका लागि वारुणयन्त्रका कर्मचारी पुगिसकेको जनाएका छन् । घाइतेलाई अस्पताल भर्ना गरिएको मन्त्रालयले जनाएको छ । मृत्यु हुनेहरु कुन देशका हुन् भन्ने खुलाइएको छैन । कतिपयको शरिर जलेश चिन्नै नसकिने भएको कतारका स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन् । क्याम्पमा सयौं कामदार बस्दै आएको र समयमै प्रहरी र वारुणयन्त्रका कर्मचारीहरुले आगो नियन्त्रणमा लिएका कारण क्षति धेरै हुन नपाएको समाचारमा उल्लेख छ ।
घटनाको कारण पत्ता लागि नसकेको मन्त्रालयले जनाएको छ । कतारमा श्रमिक बस्ने क्याम्पहरुमा राम्रो व्यवस्था नभएको भन्दै आलोचना हुने गरेको छ । कतारमा सन् २०२२ मा विश्वकप फुटवल प्रतियोगिता हुने भएका कारण यहाँ निर्माणको क्रम तिव्र छ ।
यो पनि पढ्नुहोस्
श्रीमान विदेशबाट फर्केनन्, म कहाँ जाउँ ?
कतारमा अलपत्र १ सय ८५ नेपाली भन्छन्ः हामीलाई घर फर्काइदेउ