रियाल बढ्यो रिंगिट घट्यो   

काठमाडौं, जेठ १८- नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार कतारी रियालको खरिदर २९ रुपैंयाँ ४७ पैसा र विक्रि दर २९ रुपैंयाँ ६४ पैसा रहेको छ । यसैगरी युएई दिरहमको खरिददर २९ रुपैंयाँ २१ पैसा छ भनें विक्रि दर २९ रुपैंयाँ ३७ पैसा छ । साउदी रियालको खरिददर २८ रुपैंया ६१ पैसा छ भनें विक्रि दर २८ रुपैंयाँ ७७ पैसा रहेको छ । 

मलेसियन रिंगिटको खरिद दर २६ रुपैंयाँ छ ६ पैसा भनें विक्रि दर २६ रुपैंयाँ २१ पैसा छ । लगातार घटेको रिंगिटको मूल्य केहि समययता २६ रुपैंयाँ भन्दा माथि छ । धेरै नेपाली कामदार कार्यरत मुलुक मलेसियाको मुद्रा मलेसियन रिंगिटको मूल्यमा आएको गिरावटले नेपाली कामदार र उनीहरुका परिवारलाई चिन्तित तुल्याएको थियो । 

यसैगरी कुवेती दिनारको खरिददर ३५४ रुपैंया ८० पैसा छ । बहराइन दिनारको खरिददर २८४ रुपैंयाँ ६३ पैसा छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले थोरै फेरवदल गरी मूल्य तोक्न पाउँछन् ।   

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: