रियाल, रिंगिट, दिरहम र दिनारको मूल्य कति ?   

काठमाडौं, जेठ १५- नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार कतारी रियालको खरिदर २९ रुपैंयाँ ३६ पैसा र विक्रि दर २९ रुपैंयाँ ४४ पैसा रहेको छ । यसैगरी युएई दिरहमको खरिददर २९ रुपैंयाँ १० पैसा छ भनें विक्रि दर २९ रुपैंयाँ २६ पैसा छ । साउदी रियालको खरिददर २८ रुपैंया ५० पैसा छ भनें विक्रि दर २८ रुपैंयाँ ६६ पैसा रहेको छ । 

मलेसियन रिंगिटको खरिद दर २६ रुपैंयाँ छ २० पैसा भनें विक्रि दर २६ रुपैंयाँ ३५ पैसा छ । लगातार घटेको रिंगिटको मूल्य केहि समययता २६ रुपैंयाँ भन्दा माथि स्थीर जस्तै छ । धेरै नेपाली कामदार कार्यरत मुलुक मलेसियाको मुद्रा मलेसियन रिंगिटको मूल्यमा आएको गिरावटले नेपाली कामदार र उनीहरुका परिवारलाई चिन्तित तुल्याएको थियो । 

यसैगरी कुवेती दिनारको खरिददर ३५३ रुपैंया ६६ पैसा छ । बहराइन दिनारको खरिददर २८३ रुपैंयाँ ४५ पैसा छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले थोरै फेरवदल गरी मूल्य तोक्न पाउँछन् ।   

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय