गणतन्त्र दिवसको कार्यक्रममा खुकुरी हानाहान र नेपालीको कुटाकुटकै चिन्ता 

हरी कृष्ण न्यौपाने,कुवेत- नवौं गणतन्त्र दिवसको उपलक्ष्यमा नेपाली दूतावास कुवेतमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । नेपाली दूतावासको जाब्रिया स्थित सभा हलमा शुक्रबार आयोजना गरिएको उक्त कार्यक्रममा कुवेतका लागि नेपाली राजदुत यज्ञ बहादुर हमाल, नेपाली दूतावास कुवेत परिवार र कुवेतमा कृयाशिल नेपाली संघसंस्थाका प्रतिनिधिहरु अनि पत्रकारहरुको उपस्थिती थियो।

राजदुत हमालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा आठौं गणतन्त्र दिवसको शुभकामना आदानप्रदान तथा कुवेतको नेपाली समाजको वर्तमान अवस्थाका बारेमा पनि सहभागिहरुले भनाइ राखेका थिए। 

राजदुत हमालले नेपाली दूतावास र समुदायको सम्बन्ध नङ र मासुको जस्तो हुनुपर्नेमा जोड दिए । उनले नेपालीनेपालीको एकतालेनै सबैको हित हुने बताउँदै सबै कार्यक्रममा दूतावास आएन मात्र भनिन्छ तर किन आएन भनेर कसैले प्रतिप्रश्न नगरेको बताउँदै दूतावास सदैव आफ्नो काममा अघि बढिरहेको र नेपाली समुदायलाई सुधार गर्न समुदायको नेता नै अघि बढ्नु पर्नेमा जोड दिए । 

सो अवशरमा नेपाली दूतावास कुवेतका द्धितिय सचिव अम्बिका जोशीले गणतन्त्रको शुभकामनाको साथ कुवेतको नेपाली समाजमा केही समय देखि भए गरेका घटनाको चर्चा गरे। उनले यस अघि कुवेतको नेपाली समाजमा घटेका ३ घटनाहरु (जिलिबमा नेपालबाट कलाकार ल्याएर सांस्कृतिक कार्यक्रम हुँदा खुकुरी हानाहान हुँदा देखि नेता रामचन्द्र पौडेल कुवेत आएर कार्यक्रम हुँदा नेपाली नेपाली बीचको काटमार र केही महिना पहिले फिन्तासको विडिङ हलमा नेपाली नेपाली बीच भएको काटमार) ले नेपाली दूतावास मात्र होइन कुवेत सरकारको सुरक्षा क्षेत्रको समेत ध्यानाकर्षण गरेको बताए।

कार्यक्रम भर कुवेतमा रहेका नेपाली संघसंस्थाका अधिकांश पदाधिकारीहरुले गणतन्त्रलाई संस्थागत गर्न र संविधानमा नअटाइएका तर जायज मागलाई संबोधन गर्न नेपाली दूतावास मार्फत नेपाल सरकारको ध्यानाकर्षण गराए। वक्ताहरुले कुवेतको नेपाली समाजमा भाइचाराको सम्बन्ध बढाउदै लानु पर्नेमा जोड दिंदै को मार्फत, कहाँ र कसरी के कमजोरी भएको भन्नेमा सबै जिम्मेवार हुन आग्रह गरे। विशेष गरी नेपाली नेपाली बीच हुने गरेका झगडाले सबैलाई सचेत हुन र फेरी त्यस्तो हुन नदिने वातावरण बनाउन नेपाली समुदायका नेताहरुले एेक्यवद्दता जाहेर गरे। खास गरी केही समय देखि बढिरहेको लागू औषध, मदिरा तथा अन्य अपराधिक कृयाकलाप कम गर्न सबैले सचेतना जगाउनु पर्ने धारणा राखे। 

कार्यक्रममा द्धितिय सचिव भोगेन्द्र लिंग्देलले सबै नेपाली संघसंस्थाहरुलाई सचेत हुँदै अरुलाई पनि सचेत गराउन आग्रह गर्दै लोक कल्याणकारी र विदेशी कुटनीतिक कुरा जोडीएको कार्यक्रमहरुमा दूतावासको सहभागीता हुने बताए। 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय