कतारमा तलव नदिने कम्पनीहरु कालोसूचीमा पर्न थाले  

दोहा- कतारमा आफ्ना कामदारलाई बैंक मार्फत तलव भुक्तानी नगर्ने कम्पनीहरुलाई कारवाही सुरु भएको छ । कतार डे डटकमका अनुसार कतारी सरकारी निकायले बैंक मार्फत तलव भुक्तानी नगर्ने कम्पनीहरुलाई कालोसूचीमा राख्न थालेको छ । त्यसरी कालोसूचीमा पर्ने कम्पनीहरुको संख्या हजारौं रहेको समाचारमा उल्लेख छ । कामदारलाई तलव भुक्तानी नगर्ने वा ढिलो भुक्तानी दिने समस्या समाधानका लागि भन्दै कतार सरकारले केहि समय अगाडी यो निर्णय लागु गरेको हो । 

कतारको आन्तरिक मन्त्रालयले बैंक मार्फत तलव भुक्तान नगर्ने कम्पनी सञ्चालकहरुले एक महिना जेल वा दुई हजार देखि ६ हजार कतारी रियाल जरिवाना तिर्नुपर्ने यस अघि नै सुचित गरिसकेको छ । 

कतार सरकारको निर्णय अनुसार कम्पनीमा कार्यरत कामदारको महिना पुगेको सातदिन भित्रमा कामदारको बैंकमा रहेको खातामा तलव जम्मा गरिसक्नुपर्छ । यो नियम अनुसार नगर्नेले थप विदेशी कामदार ल्याउन पाउँदैनन । 

यो पनि पढ्नुहोस् 

‘अंकल हाम्री आमा कहिले घर आउनुहुन्छ ?’

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय