काठमाडौं- वैदेशिक रोजगारीमा जाने कुल जनशक्तिमध्ये २१ प्रतिशतमात्र तालिमप्राप्त छन्। दैनिक औसतमा एक हजार तीन सय जना वैदेशिक रोजगारीमा जाने गरेका छन्। चालू आर्थिक वर्षको आठ महिनामा कुल दुई लाख ८० हजार दुई सय ३५ जना युवा वैदेशिक रोजगारीमा गएका छन् ।
नेपालको प्रमुख गन्तव्य मुलुकमध्ये कतार, संयुक्त अरब इमिरेट्स, बहराइन, जापान, इजरायल र दक्षिण कोरियासँग श्रम सम्झौता भइसकेको छ। निकट भविष्यमा साउदी अरब, मलेसिया, कुबेत, जोर्डन, लेबनानसँग श्रम सम्झौता तयारी भएको छ। पछिल्लो एक बर्षमा वैदेशिक रोजगारीमा जाने युवाको संख्यामा गिरावट देखिएको छ। प्रमुख गन्तव्य मुलुक मलेसियाले हाल विदेशी कामदार लिन बन्द गरेको छ। यसको प्रत्यक्ष असर वैदेशिक रोजगारीमा देखिएको हो। मलेसिया सबैभन्दा धेरै नेपाली कामदार जाने अनि अधिकतम रेमिटान्स आउने मुलुकमा पर्छ।
अन्नपूर्ण पोष्टबाट