मलेसियाबाट २० नेपालीको उद्दार 

सुदीप निउरे, जेठ ५, क्वालालम्पुर – मलेसियाबाट २० जना नेपालीको उद्दार गरी स्वदेश फर्काइएको छ ।  मलेसियाको टेलिफोन सेवा प्रदायक कम्पनी डिजीको आर्थिक सहयोगमा उनीहरुलार्इ नेपाल फर्काइएको नेपाली राजदूतावास क्वालालम्पुरले जानकारी दिएको छ ।  

अवैधानिक तरीकाले मलेसियामा बसि काम गरेको अभियोगमा उनीहरु पक्राउ परेका थिए । जेल सजाय काटिसकेका उनीहरुलार्इ बिभिन्न घरफिर्ति केन्द्रमा स्थानान्तरण गरिएको थियो । उनीहरु सबै जना स्वदेश फर्किने अनुमति पाएपनि एकतर्फि हवाइ टिकट किन्ने रकम नहुंदा लामो समय देखि त्यत्तिकै अलपत्र परेका थिए । 

घर फर्कनेहरुमा सन्तबहादुर नेपाली, शेख मोजारे आलम, राम भरोसी, बच्चु तामाङ, विनोद प्रधान, टकमान गुरुङ, पदमबहादुर थिङ, मोहन खड्का, डम्बरबहादुर डाँगी , तेजबहादुर थापा रहेका छन । यस्तै कर्ण तामाङ, अरुणकुमार पाण्डे, रामबाबु साह, बाबुराम सार्की, हेमकुमार ढुंगेल, मिनबहादुर मगर, चकेन्द्र पराजुली, लिलबहादुर आले मगर, रेखबहादुर मगर र शंकर घर्तीलाई नेपाल फर्काइएको नेपाली राजदूतावास क्वालालम्पुरद्वारा जारी बिज्ञप्तीमा जनाइएको छ ।  

लामो समय देखि मलेसियाको नेगरी सेम्विलान अन्तर्गत लिङ्गिङ घरफिर्ती केन्द्रमा बसेका सबै नेपालीलाई उद्दार गरीएको जारी बिज्ञप्तीमा उल्लेख छ । झन्डै दुई बर्षको समय अवधि भित्र सरकारी तथा गैरसरकारी संघ संस्थाको आर्थिक सहयोगमा निःशुल्क एकतर्फि टिकटको व्यवस्था गरी नेपाल फर्काइएका नेपालीको कुल संख्या हालसम्म ५ सय २१ पुगेको छ । निःशुल्क हवाइ टिकटको व्यवस्था गरेकोमा राजदूतावासले सहयोगदाता टेलिफोन सेवा प्रदायक कम्पनी डिजीलाइ आभार प्रकट गरेको छ ।  यस प्रकारको सहयोगको लागि अन्य मलेसियन तथा नेपाली संघ संस्थालाई नेपाली राजदूतावास क्वालालम्पुरले आहवान पनि गरेको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय