भुपराज बस्याल युएई- स्याङजा सहयोग समाज युएई, आबुधाबी क्षेत्रीय समितिको आयोजना र अल अहलिया हस्पिटलको सहयोगमा मुसफामा मे २० तारिकमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ।
अल अहलिया हस्पिटल मुसफाको भवनमा सञ्चालन हुने स्याङजा सहयोग समाज युएई आबुधाबी क्षेत्रीय समितिका अध्यक्ष कमलप्रसाद शर्माले जानकारी दिए। शिविरमा साधारण स्वास्थ्य सम्बन्धी परामर्श, ब्लड प्रेशर, हाड जोर्नी सम्बन्धी , ल्याब (सुगर, युरिक एसिड, कोलस्ट्रोल) लगायतको सेवा पाइने शर्माले जानकारी दिए। शिविर बिहान ९ बजे देखि दिउँसो १२ बजेसम्म चल्ने छ । परिक्षणमा आउनेको हेल्थ कार्ड अनिवार्य गरिएको छ ।
गर्मि बढेसंगै स्वथ्यमा आउने उतार चढावलाई ध्यानमा राख्दै सञ्चालन गरिएको शिविरमा नेपाली मात्र नभई अन्य मुलुका नागरिक पनि सहभागी हुन सक्ने छन।
स्याङजा जिल्लाबाट युएई आएकाहरुको समूह स्याङजा सहयोग समाज युएईले युएईमा रहेको नेपाली समुदायमा मात्र नभई नेपालमा हुने दैविक प्रकोपका घटना पनि आफ्नो सहयोगी हात फैलाउदै आएको छ।