
दुवई- कामदारले तोकिए अनुसार तलव नपाएको वा पाउनु पर्ने सुविधा नपाएको गुनासो खाडीका देशहरुमा धेरै कामदारको साझा गुनासो हो । यसले खाडीका देशहरुको अन्तराष्टिय मञ्चहरुमा बेइज्जती मात्र भइरहेको छैन, आधुनिक दासता लादेको अभियोग पनि खेपिरहेका छन् । त्यसैले यसको उपाय खोज्दै युएईले कम्प्यूटर प्रणाली मार्फत नै कम्पनीहरुले आफ्ना कामदारलाई दिनुपर्ने तलव, सुविधा दिए नदिएको जाँच्ने प्रवन्ध मिलाउँदैछ ।
गल्फ न्यूजका अनुसार सो नयाँ प्रविधिबाट कम्पनीहरुले आफ्ना कामदारलाई कति तलव दिंदैछन् र के कस्ता सुविधा दिएका छन् भन्ने बारेमा केन्द्रीय प्रणालीमा जानकारी प्राप्त हुनेछ । यसमा युएईका चारवटा सरकारी विभागले संयुक्त रुपमा काम गरिरहेका छन् जसलाई अरेञ्ज टीम नाम दिइएको छ ।
हामी अहिले प्रणाली विकास तथा त्यसलाई लागु गराउने चरणमा छौं अवुधावी प्रहरीका मानव बेचविखन सम्वन्धि विषय हेर्ने विभागका निर्देशक अव्दुल हमिद अल जमालले भनेका छन् सो प्रणालीले हामीलाई कामदारले पाइरहेको तलव, सुविधा लगायतका बारेमा जानकारी दिनेछ जसका आधारमा उनीहरुले पाउनु पर्ने जति सेवा, सुविधा पाए नपाएको बारेमा सहजैै जानकारी प्राप्त हुनेछ । यसले हाल देखिएको समस्या हल गर्ने उनले अपेक्षा गरे ।
अरेन्ज टीममा संयोजक समेत रहेका जमालले सो समुहले कार्यथलोलाई सुरक्षित र उपलव्धीमूलक बनाउन विभिन्न दृष्टिकोणबाट काम भइरहेको छ । त्यसमध्ये कमदारलाई धेरै तलव देउ भन्ने एक रहेको उनको भनाई छ ।