विदामा र विरामी भएर नेपाल फर्किंदा मृत्यु भएमा पनि क्षतिपूर्ति दिने व्यवस्था मिलाउँछुः मन्त्री बोहरा 

काठमाडौं- श्रम तथा रोजगार मन्त्री दीपक बोहराले बैदेशिक रोजगारीका क्रममा श्रम सम्झौता अवधिभित्र स्वदेश आएको बखतमा मृत्यु भएमा पनि क्षतिपूर्ति पाउने र निवेदन दिने हदम्याद हटाउने आश्वासन दिएका छन् । मन्त्रालयमा सो विषयमा छलफलका लागि पुगेका अधिकारकर्मी लगायतसँगको छलफलमा उनले सो आश्वासन दिए । 

श्रम सम्झौता गरेर बैदेशिक रोजगारीमा गएका तर विदामा नेपाल आएका वखतमा मृत्यु भएमा वा विदेशमा गम्भीर विरामी परेर स्वदेश फर्केर निधन भएका व्यक्तिले बैदेशिक रोजगार प्रवद्र्धन बोर्डबाट आवश्यक सहयोग नपाएको गुनासो पश्चात मन्त्री बोहराले सो आश्वासन दिए । उनले त्यसका लागि आवश्यक निर्णय मन्त्रीपरिषदबाट नैै गर्न सकिने भन्दै त्यसको तयारीका लागि फाइल तयार पार्न मन्त्रालयका कर्मचारीलाई निर्देशन समेत दिए । 

छलफलका लागि पुगेका पौरखीकी अध्यक्ष मञ्जु गुरुङ, माइग्रेण्ट सेण्टरका निलम्वर बडाल, सञ्चारकर्मी हरी थापा लगायतसँगको छलफलमा उनले यस विषयको गाम्भीर्यता आफूले बल्ल बुझेको र यसका लागि आफू बैदेशिक रोजगार नियमावली संशोधनका लागि तयार रहेको बताएका थिए । उनले हप्ता दशदिन भित्रै यो विषयलाई आफूले मन्त्रीपरिषद बैठकमा लैजाने आश्वासन समेत दिए । 

यो व्यवस्था भएमा बैदेशिक रोजगारीमा गएका थुप्रै व्यक्तिका परिवारले राहत पाउनेछन् । यसअघि गत आइतवार राष्ट्रिय महिला आयोग र पौरखीले गरेको छलफलमा यस विषयमा आवाज उठेको थियो । सो छलफल कार्यक्रममा पीडित महिलाको एक भिडियो सामग्री हेरेपछि यसमा आफूले तत्काल परिवर्तन गर्ने प्रतिवद्धता मन्त्री बोहराले जनाएका थिए ।  

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय