
काठमाडौं, जेठ २- सोमवारका लागि नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार कतारी रियालको खरिदर २९ रुपैंयाँ २७ पैसा र विक्रि दर २९ रुपैंयाँ ४३ पैसा रहेको छ । यसैगरी युएई दिरहमको खरिददर २९ रुपैंयाँ छ भनें विक्रि दर २९ रुपैंयाँ १७ पैसा छ । साउदी रियालको खरिददर २८ रुपैंया ४१ पैसा छ भनें विक्रि दर २८ रुपैंयाँ ५७ पैसा रहेको छ ।
मलेसियन रिंगिटको खरिद दर २६ रुपैंयाँ छ ४४ पैसा भनें विक्रि दर २६ रुपैंयाँ ५९ पैसा छ । लगातार घटेको रिंगिटको मूल्य केहि समययता बढ्दो क्रममा छ । धेरै नेपाली कामदार कार्यरत मुलुक मलेसियाको मुद्रा मलेसियन रिंगिटको मूल्यमा आएको गिरावटले नेपाली कामदार र उनीहरुका परिवारलाई चिन्तित तुल्याएको छ । केहि समययता रिंगिटमा देखिएको बृद्धिले राहत दिएको छ ।
यसैगरी कुवेती दिनारको खरिददर ३६६ रुपैंया २८ पैसा छ । बहराइन दिनारको खरिददर २८२ रुपैंयाँ ५४ पैसा छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले थोरै फेरवदल गरी मूल्य तोक्न पाउँछन् ।