बरदुवईमा लुटिए एक नेपाली  

सुसान आचार्य, यूएई- बैदेशिक रोजगारीकोको सिलसिलामा यूएईको अबुधावीमा कार्यरत एक नेपाली युएईकै बरदुवईमा लुटिएका छन् । अवुधावी राज्यस्थित सेल्फजिज रेस्टुरेन्टमा बिगत दुई बर्स देखि काम गर्दै आएका  धादिङ त्रिपुरेवर ३ खहरे का मुरारी तिमल्सिना गत मे १२ गते राती लुटिएका हुन् ।  

आबुधावीबाट विशेष कामले १२ मे का दिन दुबई आएका मुरारी दुबइको बर दुबइ अल्गुबैबा मेट्रो स्टेशनको नजिक रहेको नेपाली पार्कमा आएका  थिए । छुट्टीको दिन उक्त स्टेशन वरपरको पार्कमा नेपालीहरुको भीड़ नै लाग्ने गर्छ  । प्रायः दुबईमा बसोबास गर्ने नेपालीको भेटघाट गर्ने थलो नै अल्गुबैबा मेट्रो स्टेशन पार्क हो ।  

चारै तीर नेपालीहरुको मात्र जमात देखिने उक्त पार्कमा मुरारी समेत घुम्न गएका थिए ।

घुम्ने  क्रममा नेपालको झापा देखि भिजिट भिसामा आएका आफ्नै थर गरेका अनिरुद्र तिमल्सिना नाम गरेको व्यक्तिसँग भेट भई दाजु भाईको साइनो लगाउँदै कुराकानीको क्रममा नजिकिएका मुरारी बेलुका सँगै बास बस्ने निर्णय गरी बुर दुबई स्थित स्काई वे होटलमा गई  एउटै कोठा लिएर कोठा नम्बर २ सय १६  मा बास बसेको बताउछन् ।

बेलुका सङ्गै सुतेका ति व्यक्ति बिहान उठ्दा कोठामा थिएनन् । आफ्नो सम्पुर्ण सामान सहित घाँटिमा लगाएको साढेतीन तोलाको सुनको सिक्री र केहि नगद समेत बोकेर भागेको उनी बताउँछन् । आफुले आफ्नै थर गरेको दाजुभाइ भनी बिश्वास गर्दा ठूलो धोका खाएको उनी बताउँछन ।

आबुधावीबाट सँगै काम गर्ने साथीको नेपाल पठाई दिनु पर्ने पैसा सहित सवै रकम लुटिए पछि आफू घर न घाटको भएको उनको भनाई छ । उनले होटलमा बस्दा दुवैजनाको पासपोर्टको फोटोकपी होटलमा बुझाएको भएपनि लुटेर भाग्ने ति व्यक्तिलाई पक्रन प्रहरीले सहयोग नगरेको उनको गुनासो छ । 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय