सहभागिलाई पुरस्कार सहित कतारमा भलिवलको फाइनल हुँदै 

रवि रोषी, दोहा -कतार भलिवल एसोसिएसनद्धारा आयोजित अमिर कप भलिबल च्यालेन्ज कप २०१६ को फाइनल शुक्रवार साँझ ६ बजेबाट हुँदैछ । सो खेलमा नेपाल तेश्रो स्थानको लागि फिलिपिन्ससंग भिड्ने भएको छ ।

आजको फाइनल खेल विश्वकै उत्कृष्ट १० भित्र पर्ने अति सुविधासम्पन्न हालै निर्माण सम्पन्न अलसाद स्थित हमाद अल अतिया स्टेडियममा हुनेछ ।

कतार भलिवल एसोसिएसनका हुसेन अलिद्धारा प्रेषित पत्र अनुसार सम्पुर्ण भलिवल प्रेमी नेपालीहरुलाई अलसाद स्थित अति सुविधा सम्पन्न इन्डुअर हलको पश्चिमी ४ नं प्रवेशद्धारमा निशुल्क प्रवेश सहित राफल ड्र को कुपन वितरण गरिने र खेलको समापन लगत्तै विजयी घोषणा गरी सोहि समयमा नै विजेतालाई पुरस्कार वितरण गरिनेछ ।

साँझ ५:३० बाट ६ बजेसम्म मात्र स्टेडियमको ४ नं. गेटबाट वितरण गरिने निःशुल्क राफल ड्र कुपनमा अति नै महत्वपुर्ण किमती पुरस्कारहरुको व्यवस्था गरिएको पनि पत्रमा उल्लेख गरिएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय