साताको अन्तिम दिन कति छ रिंगिट, रियाल, दिरहम र दिनारको मूल्य ?   

काठमाडौं, बैशाख ३१ शुक्रवारका लागि नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार कतारी रियालको खरिदर २९ रुपैंयाँ १९ पैसा र विक्रि दर २९ रुपैंयाँ ३६ पैसा रहेको छ । यसैगरी युएई दिरहमको खरिददर २८ रुपैंयाँ ९३ पैसा छ भनें विक्रि दर २९ रुपैंयाँ १० पैसा छ । साउदी रियालको खरिददर २८ रुपैंया ३४ पैसा छ भनें विक्रि दर २८ रुपैंयाँ ५० पैसा रहेको छ । 

मलेसियन रिंगिटको खरिद दर २६ रुपैंयाँ छ ४१ पैसा भनें विक्रि दर २६ रुपैंयाँ ५६ पैसा छ । लगातार घटेको रिंगिटको मूल्य केहि समययता बढ्दो क्रममा छ । धेरै नेपाली कामदार कार्यरत मुलुक मलेसियाको मुद्रा मलेसियन रिंगिटको मूल्यमा आएको गिरावटले नेपाली कामदार र उनीहरुका परिवारलाई चिन्तित तुल्याएको छ । केहि समययता रिंगिटमा देखिएको बृद्धिले राहत दिएको छ ।  

यसैगरी कुवेती दिनारको खरिददर ३५२ रुपैंया ६४ पैसा छ । बहराइन दिनारको खरिददर २८१ रुपैंयाँ ८४ पैसा छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले थोरै फेरवदल गरी मूल्य तोक्न पाउँछन् ।    

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय