रोजगारदाता फेर्न र कामदार छान्न पाइने व्यवस्था गर्दै खाडी राष्ट्र

दुवई-  युएईका एक कम्पनीबाट अर्को कम्पनीमा जान सक्ने गरी मात्र नभई खाडीका देशहरुमा पनि दक्ष कामदारको सुचना आदानप्रदान कसरी गर्न सकिन्छ भन्ने बारेमा युएईमा सुरु भएको अवुधावी डाइलगमा छलफल भएको छ । यो व्यवस्था चाँडै कार्यान्वयनमा आउने एक अधिकारीलाई उध्रित गर्दै गल्फ न्यूजले समाचार लेखेको छ । 

विभिन्न देशमा काम गर्ने कामदारहरुको नाम, उनीहरुको राष्ट्रियता तथा दक्षताका बारेमा अनलाइनमा तथ्याँक राख्ने र सो का आधारमा रोजगारदाताले कामदारको खोजि गर्न सक्ने समाचारमा जनाइएको छ । यस विषयमा सम्मेलनमा गहन रुपमा छलफल गरिएको छ । अबुधावी डाइलग कामदार पठाउने देशहरु र कामदार लिने देशहरुको छलफल गर्ने संयुक्त मञ्च हो । यो सम्मेलन बुधवार र विहिवार युएईमा भइरहेको छ ।  

सम्मेलनमा अवशरको खोजिमा विभिन्न देशबाट कामदारहरु विदेशिने चलन ठूलो भएको भन्दै उनीहरुको मानवअधिकारको रक्षा तथा उनीहरुले पाउने लाभका बारेमा सचेत हुनुपर्ने औंल्याइयो । बुधवार सम्मेलनका दौरान विभिन्न एसियाली देशका प्रतिनिधिहरुले विभिन्न देशका प्रतिनिधिहरुसँग भेटघाट गरी राम्रा श्रम अभ्यासका बारेमा छलफल गरे । युएईमा हाल ४२ लाख विदेशी कामदार रहेको अनुमान छ र त्यसमध्ये बहुसंख्यक एसियाली देशबाट गएका छन् । 

मानव संशाधन मन्त्रालयका उपसचिव डा. ओमार अव्दुर रहमान सलिम अल नुआमीलाई उधृत गर्दै समाचारमा श्रमसम्वद्ध विविध मुद्धाहरुमा छलफल गरिएको उल्लेख छ । यसअघि सम्मेलनको उद्घाटन गर्दै मानव संशाधन मन्त्रालयका उपसचिव मुवारक अल दाहेरीले श्रम क्षेत्रका विषयमा देखिएका नकारात्मक विषयहरुलाई सम्मेलनले किनारा लगाउने अपेक्षा प्रकट गरे । उनले सम्मेलनले कामदारका साथै रोजगारदाताको आर्थिक, सामाजिक, कानूनी तथा मानव अधिकारको रक्षाका लागि ठोस निश्कर्ष निकाल्ने विश्वास व्यक्त गरे । 

सम्मेलनमा खाडीका देशहरुका सरकारी अधिकारीसँगै अनुसन्धानकर्ता तथा कामदार पठाउने देशहरु नेपाल, भारत, बंगलादेश, श्रीलंका, फिलिपिन्स लगायतका देशबाट प्रतिनिधिहरु सहभागि छन् । 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: