जव ज्यान ढल्यो साउदीमा 

मेरो घर सप्तरीको मधवापुर गाविस २ मा छ । घरमा दुई छोरी, एक छोरा र अपांग सुसरा छन् । उनीहरुको रेखदेख गर्दै म घर ब्यवहार धानेर बसिरहेकी छु । 

परिवारको आर्थिक अवस्था ज्यादै नाजुक छ  । सम्पत्तिको नाममा ५ धुर जग्गामा बनेको एउटा फुसको घरवास बाहेक अरु केहि छैैन । त्यसैले मेरो श्रीमान् बद्री मण्डल एक बर्ष अगाडी १ लाख ३० हजार ऋण लिएर रोजगारीका लागि साउदी गएका थिए । उनको काम एक पेट्रोल पम्पमा थियो । काम खासै धेरै गाह्रो नभएको उनले बताएका थिए । 

हुन त श्रीमान् विदेशिएपछि मेरो जिम्मेवारी धेरै बढेको थियो । घरपरिवार चलाउने, बाहिरको सवै व्यवहार आफैं गर्नुपर्दा काम धेरै थियो । तर पनि सवै जिम्मेवारी एक्लै पुरा गर्न मलाई कति पनि गाह्रो लागेको थिएन । साथमा नभए पनि परदेशमा श्रीमान हुनहुन्थ्यो । उहाँले कमाएर पठाएपछि त सुखको दिन फिर्ला भन्ने आशा थियो । ऋण तिरिएला, बालवच्चालाई राम्रोसँग पढाउन सकिएला भन्ने थियो । 

तर रोजगारीका लागि साउदी गएका मेरा श्रीमान्लाई अचानक पेट दुखेछ । अस्पताल पुर्याएको केहि घण्टामा नै उनले प्राण त्यागेछन् । श्रीमानका साथिहरुले साउदीबाट यो खवर गरेपछि मेरो होसहवास उड्यो । 

बिदेश पुगेको वर्ष नबित्दै श्रीमान बाक्समा बन्द भएर फर्कदै हुनुहुन्छ । म एक्लै भएकी छु । बालबच्चा टुहुरा भएका छन् । घरमा अपाङ्ग ससुराको हेरचार गर्नुछ । घरमा दुई छाकको खाना पुर्याउन पनि मलाई गाह्रो भइरहेको छ । 

एकातिर दुई छाकको खाना जुटाउन समस्या छ, अर्कातिर बालबच्चाको भविष्य र एकलो जीवन सम्झिंदा डर लाग्छ । मेरो त सर्वस्व नै लुट्यो साउदीले । अव मैले कसरी बलबच्चालाई पढाउने ? उनीहरुको भविष्य कसरी बनाउने ? मेरो चिन्ताको विषय यहि बनेको छ ।  

(सवल नेपालका अशोक साह र चन्दन यादवसँग मण्डलकी श्रीमति सुनिताले व्यक्त गरेको भनाई) 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय