मलेसियामा कामदारको ठूलो अभावः काम छ कामदार छैनन् 

क्वालालम्पुर- मलेसियाको सरकारले गत फेब्रुअरी महिनामा तीन बर्षभित्र १५ लाख बंगलादेशी कामदार ल्याउने भन्दै सम्झौता गर्यो । तर त्यहि हप्ता कुनै देशबाट पनि तत्काल कामदार नल्याउने घोषणा गर्यो जुन यद्यपी कायम छ । यसले मलेसिया सरकार आप्रवासी कामदारको विषयमा रनभुल्लमा छ भन्ने प्रष्ट हुन्छ । तर मलेसियामा पछिल्लो समयमा एउटा विचित्रको स्थीति छ, यहाँ काम धेरै छ तर कामदार छैनन् ।  

मलेसियाको फर्निचर उद्योग संसारकै ठूलो मध्येको एक हो । तर सो क्षेत्रले माग अनुसारको  सामान बनाउन सकेको छैन । सो क्षेत्रमा हजारौं कामदारको अभाव छ । कृषि क्षेत्रको अवस्था उस्तैै छ । यसले फलफूलको मूल्य चर्को बढेको छ । मलेसियाली उद्योग वाणिज्य संघले आफ्ना ८४ प्रतिशत सदस्य उद्योेगहरुले कामदारको अभाव झेलिरहेको बताएको छ । 

गत दुई हप्ता देखि उद्योगिहरुले कामदारको अभावमा उत्पादन कटौती गर्ने चेतावनी सरकारलाई दिइरहेका छन् । उनीहरुले विदेशी कामदार ल्याउन खुल्ला गर्न सरकारलाई दवाव दिइरहेका छन् । मलेसिया आप्रवासी कामदारले नै बनाएको देश हो । मलेसियाका रेष्टुराँहरु आप्रवासी कामदारले धानेका छन्, कृषि फार्महरुमा बंगलादेशीले तथा सेवा क्षेत्रमा नेपालीको बाहुल्यता छ । 

मलेसिया सरकारको तथ्याँक अनुसार नै २१ लाख आप्रवासी कामदारले बैध रुपमा काम गरिरहेका छन् जुन सन् २०१४ मा केवल १५ लाख थियो । कम्तीमा १० लाख व्यक्तिले अवैध रुपमा यहाँ बसेर काम गरिरहेको सरकारी अनुमान छ । तर योे अझ बढी हुने अनुमान छ ।

हुन त मलेसियामा स्थानीयको संख्या पनि ठूलो छ र उनीहरुले थुप्रै काम गर्न सक्छन् । तर गाह्रो, त्याज्य र डरलाग्दो काममा उनीहरुको रुची छैन । यो काममा आप्रवासी कामदार नै कार्यरत छन् । 

(गल्फन्यूज डटकममा प्रकाशित समाचार)

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय