फ्रीभिसाको पैसा लिएमा १५ बर्ष कैद र १० लाख रियाल जरिवाना हुने मन्त्रालयको चेतावनी 

रियाद- साउदी अरवको श्रम मन्त्रालयले १० वटा रिक्रुटमेण्ट कम्पनीका लागि १० लाख भिसा जारी गरेको छ । हरेक कम्पनीले १ लाखको दरले भिसा पाउने खवर अल वतन अरवि पत्रिकालाई उधृत गर्दै साउदीका अनलाइनले समाचार लेखेका छन् । यो अघिल्लो बर्षभन्दा धेरै हो । 

जारी  गरिने ठूलो मात्राको भिसाले साना तथा मध्यमस्तरमा कम्पनीहरुमा देखिएको कामदारको अभावलाई पूर्ति गर्ने अपेक्षा गरिएको छ । हाल साउदीमा ति क्षेत्रमा कामदारको ठूलो अभाव छ ।  

यसका साथै भिसाको व्यापार गर्नेहरुलाई ठूलो दण्ड सजाय हुने चेतावनी पनि मन्त्रालयले दिएको छ । भिसाको व्यापार  गर्नेहरुलाई १५ बर्ष जेल सजाय वा १० लाख साउदी रियाल जरिवाना वा दुवै सजाय हुनसक्ने चेतावनी मन्त्रालयले दिएको छ । 

 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय