‘फ्रीभिसा, फ्रीटिकटको निर्णय पुनर्विचार गर’

 

काठमाडौं- बैदेशिक रोजगार व्यवसायीले फ्रीभिसा, फ्रीटिकटको व्यवस्थाका कारण नेपालीको कोटा गुम्न थालेको र त्यसको फाइदा बंगलादेशले लिएको भन्दै सो निर्णयमा पुनर्विचार गर्न आग्रह गरेका छन् । श्रम तथा रोजगार मन्त्रालय र व्यवसायीबीच छलफलका लागि गठित वार्ता टोली तथा व्यवसायीले राजधानीमा आयोजना गरेको कार्यक्रममा उनीहरुले त्यस्तो बताए । 

छलफलमा बैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष विमल ढकालले स्वागत मन्तव्य राख्दै फ्री भिसा फ्री टिकट लागू भए पश्चात नेपालीको माग ४० प्रतिशतले घटेको र त्यसको फाइदा बंगलादेशी कामदारले पाउन थालेकाले नेपालीको कोटा गुम्न नदिन मन्त्रालय सजग हुनुपर्नेमा जोड दिए । फ्री भिसा फ्री टिकट बिना तयारी लागू गराइएको तर त्यसपछि देखिएका समस्या समाधानमा भने मन्त्रालय उदासिन भएको अध्यक्ष ढकालको भनाई थियो । उनले तत्काल यस विषयमा निकास निकाल्न श्रम तथा रोजगार मन्त्री दिपक बोहोरालाई आग्रह गरे । 

कार्यक्रममा श्रम तथा रोजगार मन्त्री दिपक बोहोराले वैदेशिक रोजगारीको क्षेत्रमा अहिले देखिएको अन्यौल चिर्न आफु तयार रहेको बताएका थिए । साँसद, पूर्व राजदुतहरु लगायत सहभागि कार्यक्रममा केहिले फ्रीभिसा, फ्रीटिकटले समस्या पारेको भएमा यसमा पुनर्विचार गर्नुपर्ने धारणा राखेका थिए । 

व्यवसायीले फ्रीभिसा, फ्रीटिकटको व्यवस्थालाई उल्ट्याउन लामो समयदेखि प्रयास गर्दै आएका छन् ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय