काठमाडौं – धेरै नेपाली युवाको कोरिया जाने सपना यस वर्ष पनि पूरा नहुने भएको छ । मागभन्दा बढी आवेदन परेपछि लगभग ५८ हजार भन्दा बढी युवाको कोरिया जाने सपना पुरा नहुने भएको हो ।
ईपीएसअन्तर्गत यो वर्षका लागि कोरिया सरकारले ३ हजार १०० मात्र पास गराउने संख्या निर्धारण गरेपछि बाँकी आवेदक निश्चित रुपमा असफल हुने भएका हुन् । यो वर्ष देशभरका ६० हजार ६७८ युवाले कोरिया जाने उद्देश्यसहित आवेदन दिएको वैदेशिक रोजगार विभाग, ईपिएस शाखाका निर्देशक डिल्लीराम बास्तोलाले बताए ।
इच्छुक युवायुवतीको तुलनामा माग संख्या अन्त्यन्त कम भएपछि जति नै मेहेनत गरे पनि ५७ हजार ५०० भन्दा बढी यूवा यो वर्षको परीक्षामा छनोट नहुने निश्चित छ । असफल हुने संख्याका आवेदकले बुझाएको शुल्क मात्र १४ करोड ७९ लाख रुपियाँ हुन आउँछ । फर्म भर्दा प्रतिआवेदनक २ हजार ५०० रुपियाँ बुझाउनुपर्ने हुन्छ ।
सरकारले ४ दिनसम्म परीक्षा आवेदन खुला गर्दा देशभरका १० केन्द्रबाट ६० हजार भन्दा बढी बेरोजगार युवा परीक्षामा सामेल हुन आवेदन दिएका छन् । रोजगार अनुमति प्रणाली ९ईपीएस०अन्तर्गत भाषा परीक्षाका लागि उत्तीर्ण निधारित संख्या भन्दा लगभग २० गुणा बढीले आवेदन फर्म भरेका छन् ।
अब परीक्षामा ६० हजार मध्ये सबैभन्दा बढी अंक ल्याउने ३ हजार १ सयलाई मात्र पास गराइने छ । वैदेशिक रोजगार विभाग ईपीएस शाखाले वैशाख १५ देखि १८ गतेसम्म कोरियन भाषा आवेदन फर्म बुझाउन आह्वान गरेपछि ३ दिनसम्म पनि फर्म भर्नेको भीड उस्तै लागेको थियो ।
कोरियामा मासिक न्यूनतम् १ लाख २५ हजारदेखी ओभर टाइम गर्दा २ लाख रुपैयाँ भन्दा बढी कमाई हुने गरेका कारण नेपाली युवाको आर्कषण बढेको हो । कोरिया जाने कामदारले ४ वर्ष १० महिना काम गरि पुनः नेपाल आएर परीक्षा दिएर जान सक्ने प्रावधान राखिएको छ । परीक्षा आवेदन फर्म संकलनका लागि काठमाडौं उपत्यकामा तोकिएका ५ क्षेत्रबाट ४ दिनसम्म ३१ हजार ४७८ र उपत्यका बाहिरका ५ संकलन केन्द्रबाट २९ हजार १९० जनाले फर्म भरेको निर्देशक बास्तोलाले बताए ।
आवेदन दिएकाहरुको भाषा परीक्षा आगामी असार ४ र ५ गते हुनेछ ।
कारोवारबाट