
काठमाडौं- नेपाल ट्रेड यूनियन महासंघ(जिफन्ट) ले राजधानीमा ¥याली तथा सभा गरी मे दिवस २०१६ मनाएको छ । काठमाडौंको रत्नराज्य क्याम्पस नजिकबाट सुरु भएको ¥याली भृकुटीमण्डपमा पुगेर सभामा परिणत भएको थियो ।
¥यालीका सहभागिहरुले संविधान कार्यान्वयन सुनिश्चित गर, महंगी अनुरुप न्यूनतम ज्याला बृद्धि गर, सामाजिक सुरक्षा ऐन तत्काल जारी गर, मे दिवस सफल पारौं, नेपाल ट्रेड यूनियन महासंघ जिन्दावाद लगायतका नारा लगाएका थिए । हजारौं व्यक्ति सहभागि ¥याली पुतलीसडक, वागवजार, रत्नपार्क लगायतका क्षेत्रमा परिक्रमा गरिएको थियो ।
सभालाई नेकपा एमालेका महासचिव ईंश्वर पोखरेलले सम्वोधन गरेका थिए । यसैगरी प्रधानमन्त्रीका मुख्य राजनीतिक सल्लाहकार समेत रहेका जिफन्टका अध्यक्ष विष्णु रिमालले स्वागत गर्दै मे दिवसको विगत र वर्तमान सन्दर्भका बारेमा चर्चा गरेका थिए ।
सभामा जिफन्ट अन्तर्गतको ट्रेड यूनियन पोलिसी ईन्स्टिच्यूटका कार्यकारी निर्देशक उमेश उपाध्यायले लेख्नुभएका कविताहरुको संग्रह शाही तवेलाका बुढा घोडाहरुको कार्यक्रमका प्रमुख अतिथि ईश्वर पोखरेलले विमोचन गरेका थिए । सो कविता संग्रहमा २०६२ सालको आन्दोलनताका लेखिएका कविताहरु संग्रहित छन् ।
यसैगरी सो अवशरमा मै बनाउँछु मेरो धरहरा राष्ट्रिय अभियान अन्तर्गत जिफन्टको ऐक्यवद्धता पनि सार्वजनिक गरियो । धरहराको प्रतिकात्मक स्वरुपको प्रमुख अतिथि पोखरेलले अनावरण गरे । सो अवशरमा जिफन्ट अध्यक्ष विष्णु रिमालले प्रधानमन्त्री केपी शर्मा ओलीले घोषणा गरेकोसो अभियानमा जिफन्टका तर्फबाट प्रति सदस्य एक रुपैंयाका हिसावले ३ लाख ८७ हजार ४ सय १८ रुपैंयाँ जम्मा गरिएको जानकारी गराए । अभियानमा सवैले आआफ्नो चाहना मुताविक रकम जम्मा गर्न आग्रह गरिएबमोजिम सभास्थलमा नै नेपाल स्वतन्त्र होटल मजदुर यूनियन, सोल्टी ईकाईका तर्फबाट ५० हजार जम्मा गर्ने घोषणा गरिएको थियो । यसैगरी युनिट्राभ अन्तर्गतको हिमालयन ईन्काउन्टर्सका तर्फबाट पनि कोषमा २० हजार प्रदान गर्ने प्रतिवद्धता जनाइएको थियो ।
सभामा अन्तरा व्याण्डका कलाकारहरुले श्रमिकका विविध गीतहरु प्रस्तुत गरेका थिए । मे दिवस अन्तर्गत देशका विभिन्न शहरहरुमा अञ्चलस्तरिय तथा जिल्लास्तरिय कार्यक्रमहरु आयोजना गरिएका छन् । ति सभाहरुलाई जिफन्टका विभिन्न केन्द्रीय नेताहरुले सम्वोधन गरेका छन् ।