दमाम- कच्चा तेलको मूल्यमा आएको गिरावटका कारण साउदी अरवमा रोजगारीको अवशर गुम्दै गएको छ । यसले नेपाली, भारतीय लगायतका कामदारको रोजगारी संकटमा पर्दै गएको समाचार विविसीले लेखेको छ ।
तेलको मूल्यमा भारी गिरावट आएपछि कतिपय कम्पनीहरुले तीन चार महिना देखि कामदारलाई तलव समेत दिन नसकेको समाचारमा उल्लेख छ । यसले थुप्रै भारतीय रोजगारी छोडेर स्वदेश फर्किएका छन् ।
कच्चा तेलको मूल्यमा आएको गिरावटसँगै पछिल्लो एक बर्षदेखि यमनसँग चलिरहेको युद्धका कारण साउदी अरवमा आर्थिक मन्दी आएको र यसले विश्वकै सवैभन्दा धेरै तेल उत्पादक देश साउदी अरवमा निर्माणाधिन ठूला परियोजनाहरु रोकिएका छन् ।
हज यात्राका दौरान मक्कामा भएको एक ठूलो दुर्घटनाका कारण साउदी सरकारले सउदी बिन लादेन नामको ख्यातीप्राप्त कम्पनीलाई बन्द गराइदिएको छ । सो कम्पनीबाट २० हजार भारतीय यसअघि नै स्वदेश फर्किएको विविसीको हिन्दी संस्करणले समाचार लेखेको छ ।
सरकारी परियोजनाको काम गर्ने सउदी ओजर नामको कम्पनीले अहिले आफ्ना कामदारलाई तलव समेत दिन सकेको छैन । सो कम्पनीबाट पनि ठूलो संख्यामा कामदार कटौति गरिएका छन् । त्यसरी फर्किएकाहरुले हालको परिस्थीतिमा साउदी जानु ठिक नरहेको बताएका छन् । उनीहरुले कम्पनीले न्यूनतम तलव समेत दिन नसकिरहेको बताएका छन् । एक भारतीय नागरिक कुलदिप नैयरलाई उधृत गर्दै समाचारमा अघिल्लो महिना ठूलो संख्यामा भारतीय चालकहरु स्वदेश फर्किएको र आगामी महिना पनि सो क्रम जारी रहने उल्लेख गरिएको छ ।
रोजगारीको अवशर कम भएपछि हाल भारतबाट साउदी अरव जानेहरुको संख्यामा भारती गिरावट आएको छ । यसअघि प्रति महिना ५ हजार भन्दा धेरै व्यक्तिको हवाईटिकट काट्ने एजेन्सीहरु हाल ५० देखि एकसयमा खुम्चिएको समाचारमा जनाइएको छ ।
