मलेसियाबाट फर्के ठूलो संख्यामा नेपाली 

सुदिप निउरे, बैशाख १७, क्वालालम्पुर

मलेसियाबाट २ हजार ६ सय नेपाली घर फर्किएका छन् । थ्रि प्लस वान भोल्युन्टरी कार्यक्रममा आत्मसर्मपण गरि उनीहरु घर फर्किएको जनाईएको छ । अबैधानिक कामदारको हैसियतमा रहेकाहरु अध्यागमन बिभागमा आत्मसर्मपण गरि नेपाल फर्किएको यहाँका उपगृहमन्त्रि दातुक नुर जलानलाई उध्रित गर्दै द सन डेलीले खबर छापेको छ ।

मलेसिया सरकारले अबैधानिक आप्रवासी कामदारका लागि अहिले २ वटा अवसर दिएको छ । त्यसमध्ये एउटा अवसर आत्मसर्मपण गरि आफ्नो मुलुक फर्किनु पर्ने हो भने अर्को अवसर, पुन बैधानिक बन्नु पर्ने हो । 

नेपाली कामदारसंगै बिभिन्न मुलुकका गरि ४० हजार अबैधानिक आप्रवासीले यसपटक आत्मसर्मपण गरी आआफ्नो मुलुक फर्किएका छन् । घर फर्किनेमा ईण्डोनेसियन २० हजार , म्यानमारी ४ हजार ९ सय, बंगलादेशी ३ हजार ९ सय र ईण्डीयन २ हजार ७ सय लगाएत रहेका छन् । 

गत फेब्रुवरी १५ तारीखदेखि मलेसियामा शुरु भएको रिहायरिंग कार्यक्रममा सहभागी बन्न नचाहनेहरु आफ्नो मुलुक फर्किएका हुन् । रिहायरिंग कार्यक्रमसंगसंगै मलेसियाले अबैधानिक कामदार माथीको धरपकड पनि जारी राखेको छ । रिहायरिंग कार्यक्रमको प्रक्रियामा अहिलेसम्म ५० हजार मात्र आएको बिभिन्न संचारस्रोतले जनाएका छन् । यो कार्यक्रम आगामी जुन महिनाको मसान्तसम्म जारी रहने छ । मलेसियामा रहेका लाखौ अबैधानिक कामदारलाई बैधानिक बनाउन जारी राखीएको रिहायरिंग कार्यक्रम पनि सन्तोषजनक रहेको सरकारी अधिकारीलाई उधृत गर्दै समाचारमा उल्लेख गरिएको छ । 

 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय