
काठमाडौं, बैशाख ३- सरकारले घरेलु काममा महिलालाई पठाउने सम्वन्धमा सरोकारवालाहरुसँग रायसुझाव लिने उद्धेश्यले आगामी साता छलफल गर्ने भएको छ । यसको तयारी चलिरहँदा देशपरदेश डटकमले खाडीका मुलुकमा घरेलु काममा महिला पठाउनु ठिक हो वा होइन, किन भन्ने जिज्ञासा पाठकहरुसँग राखेको थियो ।
सो जिज्ञासामा प्रायसःले महिलालाई घरेलु काममा खाडीका देशमा नपठाउन सुझाव दिएका छन् । र, त्यसरी सुझाव दिनेहरु मध्ये अधिकाँश खाडीका मुलुकमा कार्यरत नेपालीहरु नै रहेका छन् ।
हामीलाई प्राप्त सुझाव मध्ये केहि सुझावहरु यस्ता रहेका छन्:
गोविन्द विवसः कृपया साउदीमा घरमा काम गर्नेगरी नेपाली चेली नआउन्, अन्त म भन्दिन ।
सीताराम तुम्सिङ, अभागीः भो नपठाउनु, चेलिबेटीले दुःख पाउँछन्, राम्रो हुँदैन ।
रामप्रसाद शर्मा, हाल युएईः घरेलु काममा नपठाउँदा नै ठिक
डिल्ली पन्तः जतिसुकै नियम कानून बनाए पनि दुस्ख पाउनु चेलीबेटीहरूले नै हो । मेरो दृष्टिकोणमा नपठाउदा नै राम्रो हो ।। देशमा नै रोजगार श्रृजना गर्न तर्फ लागौ सबैको भलो हुन्छ !!
ऋषिराम लामिछानेः सुरक्षाको ग्यारेन्टी गरेर पठाउनु पर्छ धेरै चेलिहरु दुख पायका छन बलात्कार हुनि मारिनी गरेका छन दलालहरुले बेच्ने र पैसा असुल्ने गरेका छन सुरक्षाको ग्यारेन्टी हुनुपर्यो ।
ओम प्रकाश बश्याल :म हाल ओमान मा छु । मैले यहाँ तीन चार नारीहरुले दुःख पाएको देखेको छु । पेटभरी खान छैन । बिहान चारबजे देखि राति ११ बजे १२ बजेसम्म काम गर्नु पर्छ । छुट्टी हँुदैन । आफ्नो जीउज्यानको रक्षा गर्न पनि गाह्रो भएको गुनासो गर्छन् । त्यसैले यसमा सोचेर बुझेर मात्रै आउनु । म त भन्छु बरु नेपाल मै गिट्टी कुटेर, बालुवा चालेर बस नारी हो, बिदेस न आउ ।
प्रदीप रानाभाटः जतिसुकै नियम कानून बनाए पनि दुःख पाउने चेलीबेटीहरूले नै हो । मेरो दृष्टिकोणमा नपठाउदा नै राम्रो हो । देशमा नै रोजगार सिर्जना गर्न तर्फ लागौ । सबैको भलो हुन्छ ।
नरेश आचार्यः घरेलु काममा पठाउन चाहनेहरुकै छोरीचेलीलाई दुई महिना मात्रै पठाएर अनुभव गरून् ।
केदार रेग्मिः पठाउनु हुन्न, उनीहरु सुरक्षित हुन्नन् । उनीहरुलाई शारिरीक र मानसिक यातना दिइन्छ । दैनिक १५, १६ घण्टा काम गर्दा ५ देखि ७ सय तलव दिइन्छ । के यो तपाईले कल्पना गर्नुभएको छ ?
भेष तिमिल्सिनाः काम गनृ सुरक्षित तरिकाले जाने हो, बलात्कार हुन होइन । यो कुरा सरकारले भन्न सक्नुपर्छ । नेपालका मात्र महिला घरेलु काम गर्न जाने होइनन्, अन्य देशका पनि जान्छन् । त्यसैले फिलिपिन्सको जस्तै सुरक्षाका तौरतरिका अपनाएर पठाउनु पर्छ ।
दिलबहादुर पुन, कुवेतः घरेलु काममा खाडी मुलुकमा महिला आउने भनेको कुनै ग्यारेण्टि छैन । कुवेतको कुरा गर्ने हो भनें कम्तीमा पनि ७ हजार जति नेपाली चेलीहरु अवैध तरिकामा बस्दै आएका छन् । उनीहरु पक्कै रहरले त्यसरी बसेका होइनन् होल । दुतावासमा सहयोग माग्न गएभनें घरेलु कामदारका लागि कुनै कानून छैन भन्दै फिर्ता गरिदिन्छ । अव ति पीडित नेपाली चेलीलाई कुवेतसम्म पुर्याउने को हुन् त ? त्यसको जिम्मेवारी कसले लिने ? कुवेतमा नेपाली महिलाको विजोग देख्दा यहाँ त घरेलु काममा नेपाली महिला नपठाएकै वेश ।
तपाईको विचार के छ ? पठाउनु राम्रो हो वा होइन ? किन ? लेख्नुहोस्