
कुवेतसीटी- कुवेत प्रहरीले हालै सामाजिक सञ्जाल मार्फत यौन सम्झौतामा भाग लिएको आरोपमा एशियाली महिलाको एक समूहलाई पक्राउ गरेको छ। ६ जना महिला (फिलिपिनो र नेपाली) कुवेतको हावालीमा वेश्यावृतीको अभियोगमा पक्राउ परेका थिए। यी मध्ये महिला पाँच महिलासंग २० नं भिसा (घरेलु महिला कामदार) र एक जना संग १८ नं भिसा (सांगठानिक निजी क्षेत्रमा काम गर्ने आबासिय भिसा) थियो।
पक्राउ परेका महिलाहरुलाई कारबाहीका लागि पठाइयो भने उनीहरुको प्रायोजकहरू (स्पोन्सार( लाई सोधपुछ लागि बोलाइएको थियो।
हुन त यो रिपोर्टबाट अचम्म मान्नु पर्दैन, किनकी हामी हरेक दिन यस्तो घटनाहरु पढ्ने गर्छौ। तर म, नौकरानियाँका रूपमा देश प्रवेश गर्ने महिलाको ठूलो संख्या प्रती अधिक बढी चिन्तित छु। त्यसै गरी तिनीहरूले यौन व्यापार कुवेतमा बर्जित गरिएको थाहा पाउदा पाउदै, अपनाएको प्रती पनि चिन्तित छु। म कल्पना पनि गर्न सक्दिन, कसरी यी महिलाहरुले अचानक आफ्नो प्रायोजकहरूबाट भाग्ने र आफ्नो शरीर बेच्ने निर्णय गरे ?
शायद, समयमा पारिश्रमिक नपाए पछी उनीहरु वाध्य भएर वेश्यावृत्ति गैरकानुनी हो भनेर थाहा पाउदा पाउदै पनि यसमा लागे। हामीले दुताबास वा अन्य सहयोगको अपिल नगरिकन आफ्नो काम गरेको घर छोड्न के ले दबाब दियो ? खोज्न जरुरी छ। तिनीहरू एचआईभी संक्रमित हुन पनि सक्छन तथा सम्भबत उनीहरुबाट यौन सन्तुष्टी लिनेहरु पनि एचआइभी संक्रमित हुन सक्छन।
यी पाँच घरेलु कामदार स्पष्ट आफ्नो प्रायोजकहरूबाट भागे र सेक्सका वस्तुहरु भए, त्यसैले त्यहाँ मौखिक वा शारीरिक दुरुपयोग भएको थियो भने, त्यसपछि यो कुरा उजागर र छानबीन हुनुपर्छ। अन्तत यि महिलाहरुलाई कुवेतको नियम मिचेको आरोपमा जेलमा हालिन्छ र उनीहरु खाली हात देश निकालाको सिकार हुन्छन। तर यी महिलाहरु के कारण यस्तो रोगमा (पेशा) मा फसे ? यसको कारणको खोजी हुँदैन र यस्तै कर्मको अन्त्य हुँदैन।
यहाँ अर्को मुद्दा सामाजिक संजालको प्रयोग हो। कुवेतका सामाजिक संजाल प्रयोगकर्ता अधिकांश युवायुबतिहरु हुन जो, यौन व्यापारको खतराबाट सजग हुँदै लाग्ने रोगहरुबाट अनभिज्ञ छन। अभिभाबकत्वको निर्देशनको कमिले युबायुबतिहरु प्रकुपित हुँदै यस्तो सम्बन्धमा तानिन सक्छन। रूढिवादी समाजमा सामाजिक संजालको प्रभाव विशाल छ र सावधानीपूर्वक सम्हाल्न पर्छ।
सामाजिक संजालहरुले पनि जागरूकताको लागि केही जिम्मेवारी लिनुपर्छ। आखिर, हामी एक धेरै सानो समाज हो।
जबसम्म यि कारणहरु र सम्भाबनालाई सम्बन्धित सबैले मनन गर्दैनन,तब सम्म सत्य कागत माथि कालो स्टिकर भने जस्तै धेरै पुरुष र महिलाहरुले अपराध र कानुनलाई भंग गरेकोबारे सुनिरहनु पर्ने छ।
कुवेत टाइम्सबाट मुना अल फुजाइ