म्यानपावर व्यवसायीको आक्रोशः के नेपालीलाई डाका बनाउन खोजेका हौ ? 

काठमाडौं, चैत्र ३०- बैदेशिक रोजगार व्यवसायी संघका महासचिव रोहण गुरुङले केहि एनजिओ तथा आइएनजिओहरुले नेपालीलाई लुटेर खानु पर्ने अवस्थामा पुर्याउन खोजेको बताएका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा विभिन्न गैरसरकारी संस्थाहरुले सरकारी कर्मचारीलाई ललिपप देखाएर बैदेशिक रोजगारलाई व्यवस्थीत गर्ने नाममा बन्द गराउने खेल खेलिरहेको लेखेका छन् । 

उनले नेपालीलाई विदेशीसँग मागेर खान वा डाका भएर लुटेर खान बाध्य पार्न लागिएको भन्दै सरकारी कर्मचारीहरुलाई डलरवाला संस्थाको हावादारी कुराको पछि नलाग्न आग्रह गरेका छन् ।

यसैबीच बैदेशिक रोजगार व्यवसायीहरु बीच नै आन्दोलनको विषयमा मतभेद देखिएको छ । केहिदिन अघि बैदेशिक रोजगार व्यवसायी संघका पूर्व अध्यक्ष हंशराज वाग्लेले नेकपा एमाले सम्वद्ध व्यवसायीका कारण आन्दोलन तुहिएको भन्दै आक्रोश पोखेका छन् । उनले एमाले सम्वद्ध व्यवसायीहरुले विभिन्न उपायबाट पूर्व स्वीकृति र अन्तिम स्वीकृति लिएको र काँग्रेस सम्वद्ध व्यवसायीलाई स्पष्टिकरण सोधेर तर्साएको गुनासो गरे । उनले व्यवसायीहरुको अहितमा नलाग्न चेतावनी दिंदै महासचिव रोहण गुरुङ लगायतलाई कारवाही भोग्न तयार रहन चेतावनी समेत दिएका छन् । 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय