युवाहरुको प्रभावशाली संगठन उत्रियो फ्रीभिसा, फ्रीटिकटको पक्षमा, सरकारलाई खवरदारी

 

काठमाडौं, चैत्र २९- नेपाल युवा संस्था सञ्जाल(आयोन)ले नेपाली कामदारहरूलाई विदेशमा काम गर्न जानका लागि फ्री भिसा, फ्री टिकटको प्रभावकारी रूपमा कार्यान्वयन नभइरहेको अवस्थामा उल्टो यो निर्णय उल्टिन सक्ने चलखेलसम्बन्धी समाचारप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । 

युवाहरुको प्रभावशाली संगठन आयोनका तर्फबाट अध्यक्ष ब्रबिमकुमार केसीले विज्ञप्ती जारी गर्दै विदेशमा पसिना बगाएर देशको अर्थतन्त्रको मेरुदण्डका रूपमा योगदान पु¥याउने नेपाली युवाको हकहित, सुविधा र मानव अधिकारको लागि नेपाल सरकार गम्भीर हुन आवश्यक रहेको जनाएका छन् । 

विज्ञप्तीमा आप्रवासन सम्बन्धी अन्तराष्ट्रिय कानून र नेपालले विविध अन्तराष्ट्रिय मञ्चमा जनाएको प्रतिबद्धता अनुसार पनि वैदेशिक रोजगारीमा जाने कुनै पनि कामदारसँग कुन पनि नाममा पैसा लिन पाइँदैन भनिएको छ । तर गत असारमा सरकारले गरेको निर्णयको प्रभावकारी अनुगमन नहुँदा विभिन्न बहानामा कामदारहरूसँग विभिन्न नाममा वा शीर्षकमा पैसा उठाइने प्रवृत्ति कायमै रहेको विज्ञप्तीमा उल्लेख छ ।

फ्री भिसा, फ्री टिकटको प्रभावकारी रूपमा कार्यान्वयन गर्न र यो निर्णयबाट पछि नहट्न आग्रह गर्दै आयोनले नेपाल तथा विदेशी भूमिमा हुने नेपाली युवा र कामदारहरूको मानव अधिकार उल्लङ्घनका घटनाहरू हुन नदिन यथोचित कदम चाल्न पनि सरकारसँग आग्रह गरेको छ । यससम्बन्धी अभियानमा सक्रिय सबै सङ्घसंस्थासँग ऐक्यबद्धता जनाउँदै भविष्यमा पनि यी मुद्दाहरूमा अभियान जारी रहने आयोनले जनाएको छ । 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय