खाडिको कमाई २५ हजार, गाउँमै गर्दा ५० हजार 

 

राजु विक्रम बस्नेत, रामेछाप

एकैसाथ थालेको ३ ब्यवसाय सफल भएपछि खुशीले गदगद भएका शेरबहादुर मगरले स्वदेशमै मासिक ५० हजार कमाउन थालेका छन् । मुसुक्क मुस्कुराउँदै उनले भने ः बिदेशमा मासिक २५ हजार कमाई हुन्थ्यो स्वदेशमा ५० हजार हुन्छ, यो कमाई श्रीमती सरस्वतीको साथ र सहयोगले सम्भव भएको हो  ।

रामेछाप नगरपालिका ८ छाप गाउँका ३१ वर्षे शेरबहादुरले युएई र ओमनमा गरी ७ बर्ष स्काफोल्डिङको काममा बिदेशी भूमिको टण्टलापुर घाममा पसिना बगाए । त्यति गरेर उनले १६ लाख रुपैयाँ जोगाए । श्रीमानले विदेशी भूमिमा बगाइरहेको पसिनाको मूल्य बुझेकी उनकी श्रीमति सरस्वतीले सिमित घरखर्च गरेर बाँकी रकम जोगाएर राखिन् । 

मासिक ५ सय दिरहम वेसिकबाट विदशी भुमिमा काम गर्न सुरु गरेका उनले काम सिकिसकेपछि मासिक १८ सय दिरहमसम्म कमाए । पछिको धेरै तलब र पहिलाको थोरै गर्दा सरदर आफुले मासिक २५ हजार मात्र जोगाएको शेरबहादुरको हिसाव छ । अब स्वदेशमै केही गर्नु पर्छ भन्ने मनसाय बोकेर खाडीलाई विदाईको हात हल्लाएर उनी २०६९ सालमा स्वदेश फर्किए । अनि २०७० भदौबाट थाले आफ्नै व्यवसाय । सुरुमा १ सय बोइलर कुखुरा, ३ वटा बंगुर र २ लाखको खाद्यान्न सहितको किराना पसल सुरु गरेका उनले अहिले २ सय बोइलर, १ सय गिरिराज कुखुरा र ३ वटा बंगुर पालेका छन् । किराना पसल बढेर १० लाखको पुगिसकेको छ । 

१ सय कुुुखुराबाट ४५ दिनमा १० हजार कमाइ हुन्छ । गिरिराज कुखुरा, बंगुर र किराना पसलबाट गरी घर खर्च कटाएर मासिक ५० हजार कमाइ हुन्छ । त्यसैले कुखुरा, बंगुर र किरानाको ब्यापारलाई अझै बढाउने सोचमा छन् उनी । उनी विदेशमा कमाइ रहेका नेपाली दाजुभाई तथा दिदी बहिनीहरुले बैंकमा पैसा थन्क्याएर ब्याज खानतिर नभई ब्यापार ब्यबसायमा लगानी गरी सम्पती बढाउनतिर ध्यान केन्द्रित गर्न जरुरी देख्छन् । ब्यापार ब्यबसायमा लगानी गर्ने चाहना हुने जो कोहीलाई पनि आवश्यक परामर्श दिन र प्रोत्साहन दिन आफु सधैं तयार रहने उनले बताए । 

सधैं बिदेशी भूमिमा पसिना बगाउनु बुद्धिमानी होइन, विदेशमा कमाएको पैसा स्वदेशमा लगानी गरेर ब्यवसाय गरी रोजगारीका अवशरहरु सिर्जना गर्नु बुद्धिमानी हो भन्दै उनले ब्यवसाय बिस्तारका लागि आफु कार्य योजना निर्माणमा लागि रहेको बताए । 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय