
काठमाडौं, चैत्र २६
बैदेशिक रोजगारीका लागि खाडीका ६ मुलुक र मलेसियामा जानेहरुका लागि हाल कायम रहेको फ्रिभिसा, फ्रिटिकटको व्यवस्था नहटाउन माग गर्दै तथा न्यून लागतका पक्षमा एकसाता यता चल्दै आएको दवाव अभियान अन्तर्गत धर्ना कार्यक्रम शुक्रवार सम्पन्न भयो ।
सुरक्षित आप्रवासनका लागि राष्टिय सञ्जालको नेतृत्वमा सिंहदरवारको पूर्वमा रहेको हनुमानस्थानमा चल्दै आएको धर्नामा शुक्रवार पनि म त कामदारको पक्षमा, तपाई नी ? भन्ने नारासहित अधिकारकर्मीहरुले धर्ना दिएका थिए ।
धर्नासँगै हस्ताक्षर अभियान पनि सञ्चालन गरिएको थियो । बाटो हिंड्ने बटुवाहरुले सो अभियानमा ऐक्यवद्धता जनाउँदै हस्ताक्षर गरेका थिए ।
धर्नाको समापनका अवशरमा बोल्दै पौरखीकी विजया राईले यो कामदारको पक्षमा रहेको अभियान निरन्तर चलिरहने बताइन् । उनले आफूहरुले सरकारलाई दिइरहेको दवावमा स्वदेशबाट मात्र नभई विदेशबाट पनि समर्थन रहेको बताइन् ।
माईग्रेण्ट सेण्टरका निलाम्वर आचार्यले अव आन्दोलनको स्वरुप फेरिने भन्दै यो अभियानले कमदारको अधिकार दिलाएरै छोड्ने बताए ।
हेर्नुहोस् धर्नाका केहि तस्वीरहरु