काठमाडौं- बैदेशिक रोजगारीमा जानेहरु ठगिमा पर्ने गरेको छ तपाईले सुन्दै आउनु भएकै होला । त्यसरी ठगिमा परेकाहरु मध्ये बहुसँख्यकसँग कागजपत्र नहुनु अर्को ठूलो समस्या हो । नेपालमा सम्झौता गरे अनुसारको काम र दाम नपाएका कारण कतिपय कामदार दुःखले दुई वा तीन बर्ष काटेर नेपाल फर्किने गरेका छन् भनें कतिपय बीचमै स्वदेश फर्किने गरेका छन् ।
त्यसरी ठगिमा परेर न्याय माग्दै आउनेहरु मध्ये अधिकाँशसँग कागजपत्र नहुने गरेको सुरक्षित आप्रवासनको क्षेत्रमा कार्यरतहरु बताउँछन् । बैदेशिक रोजगारीमा जाने र पीडित कामदारको पक्षमा काम गर्दै आएको संस्था प्रवासी नेपाली समन्वय समिति(पिएनसीसी) का अध्यक्ष कुलप्रसाद कार्कीका अनुसार त्यसरी कागजपत्र नहुँदा पीडितलाई न्याय दिलाउन कठिन भइरहेको छ ।
यहि कुरालाई बुझाउने उद्धेश्यले तयार पारिएको भिडियो सन्देश हेर्नुहोस्
{source}
<iframe width=”540″ height=”315″ src=”https://www.youtube.com/embed/vGzI2xj3Lg0″ frameborder=”0″ allowfullscreen></iframe>
{/source}
