बढ्यो रिंगिटको मूल्य, विहिवार कति छ रियाल, दिरहम र दिनारको भाउ ?   

काठमाडौं, चैत्र २५- विहिवारका लागि नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार कतारी रियालको खरिदर २९ रुपैंयाँ २० पैसा र विक्रि दर २९ रुपैंयाँ ३७ पैसा रहेको छ । यसैगरी युएई दिरहमको खरिददर २८ रुपैंयाँ ९५ पैसा छ भनें विक्रि दर २९ रुपैंयाँ ११ पैसा छ । साउदी रियालको खरिददर २८ रुपैंया ३६ पैसा छ भनें विक्रि दर २८ रुपैंयाँ ५२ पैसा रहेको छ । 

मलेसियन रिंगिटको खरिद दर २७ रुपैंयाँ छ १५ पैसा भनें विक्रि दर २७ रुपैंयाँ ३० पैसा छ । लगातार घटेको रिंगिटको मूल्य केहि समययता बढ्दो क्रममा छ । धेरै नेपाली कामदार कार्यरत मुलुक मलेसियाको मुद्रा मलेसियन रिंगिटको मूल्यमा आएको गिरावटले नेपाली कामदार र उनीहरुका परिवारलाई चिन्तित तुल्याएको छ । केहि समययता रिंगिटमा देखिएको बृद्धिले राहत दिएको छ ।  

यसैगरी कुवेती दिनारको खरिददर ३५२ रुपैंया २९ पैसा छ । बहराइन दिनारको खरिददर २८२ रुपैंयाँ ३ पैसा छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले थोरै फेरवदल गरी मूल्य तोक्न पाउँछन् ।    

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय