बोर्डको आर्थिक सहयोगमा मलेसियाबाट फर्के १८ नेपाली 

सुदिप निउरे , चैत २४,  क्वालालम्पुर

मलेसियास्थित नेपाली राजदुतावासले यहाका घरफिर्ती केन्द्रबाट नेपाली सुन्यमा झार्ने कार्यलाइ तिब्रता दिएको छ । वैदेशिक रोजगार प्रर्वद्धन  बोर्डले मलेसियास्थित्  नेपाली राजदुतावासलाइ  २० लाख रुपैंया उपलब्ध गराए संगै यस कार्यले तिब्रता पाएको हो ।  बोर्डले मलेसियामा अलपत्र परेका नेपालीको उद्धार गर्न भनि उक्त बजेट बिनियोजन गरेको थियो । 

यस अभियानसंगै मलेसियाको वुकिट जलिल अध्यागमन बिभाग अन्त्रगतको घरफिर्ती केन्द्र तत्कालको अबस्थामा नेपाली सुन्य बन्न पुगेको छ । पछिल्लो पटक १८ जना नेपालीलाइ त्यहाबाट उद्धार गरि  नेपाल फर्काए पछि उक्त केन्द्रको नेपाली संख्या सुन्यमा झरेको हो । अवैधानीक कामदारको आरोपमा पक्राउ परी जेल सजाए पुरा गरेका १८ जनालाइ  नेपाल फर्किन हवाइ टिकट उपलव्ध गराइएको नेपाली दुतावास मलेसियाले जनाएको छ । 

नेपाल फर्कनेहरुमा  सर्लाहिका भीमबहादुर घलान र सिंगेलाल वाइवा, चितवनका अरविन्द्र चौधरी र सुरेश लामा, दाङका कृष्णबहादुर चन्द र गहेन्द्र हमाल, नुवाकोटका प्रेमबहादुर तामाङ, गणेशबहादुर तामाङ, उदयपुरका अमरबहादुर विक, वाग्लुङका होमबहादुर पुन, मोरङका अमरबहादुर खड्का, तेह्रथुमका चेतन लिम्वु, सिन्धुपाल्चोकका छिरिग तामाङ, सुनसरीका अनिल थेवे, दार्चुलाका राकेशबहादुर चन्द, रुपन्देहीका भीमसेन चौधरी, रोल्पाका मुमान सिंं घर्ती मगर र सिन्धुलीका पदम बहादुर मुडेल रहेका छन ।

 मलेसियाका झन्डै एक् दर्जन केन्द्रमा अझैपनि करिब ३ सय नेपाली घरफर्कने दिनको पर्खाईमा छन् । सबै केन्द्रबाट बिस्तारै  नेपालीहरु  घर फर्काइने राजदुतावासका प्रबक्ता एव दितीय सचिब उत्तम शाहिले बताए ।  गत बर्ष देखि अहिलेसम्म बिभिन्न संघ संघठनको  आर्थिक सहयोगमा घरफिर्ती केन्द्रमा रहेका ४  सय ६६  नेपाली घर फर्किन सफल भएका छन् । 

यसैबिच भुकम्पबाट प्रभावित क्षेत्रका पाच जना नेपाली विद्यार्थीलाई मलेसियाको सनओए यूनिभर्सिटीले पूर्ण छात्रवृत्ती प्रदान गरेको छ । जलन यूनिभर्सिटी बन्दर सनओएमा अवस्थित उक्त विश्व विद्यालयमा भएको एक विशेष समारोहमा राजदूत डाक्टर निरन्जनमान सिंह बस्न्यातले पाचै जना नेपाली विद्यार्थीलाई छात्रवृत्ती हस्तान्तरण गरे ।  गत बर्ष आएको  विनाशकारी भुकम्प लगत्तै  राजदूतकै उपस्थितिमा यस विश्व विद्यालयले छात्रवृत्ती कोष खडा गर्न यसअघि एक विशेष कार्यक्रम गरेको थियो ।

 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय