फ्रिभिसा, फ्रिटिकटको व्यवस्थाबाट पछि हट्दैनौंः मन्त्री बोहोरा 

 

काठमाडौं, चैत्र २३ 

श्रम तथा रोजगार मन्त्री दीपक बोहोराले खाडीका  ६ मुलुक र मलेसियामा हाल कायम रहेको फ्रिभिसा, फ्रिटिकटको व्यवस्था कायम रहने बताएका छन् । उनले यसमा कुनै सम्झौता नगरिने प्रष्ट पारे । 

नेपालमा सुरक्षित आप्रवासनको क्षेत्रका कार्यरत अन्तराष्ट्रिय गैरसरकारी संघसंस्थाका प्रतिनिधिहरुसँग सोमवार भएको भेटमा उनले यस्तो जानकारी गराए । अन्तराष्ट्रिय गैरसरकारी संघसंस्थाका प्रतिनिधिहरुले सरकारलाई फ्रिभिसा, फ्रिटिकटको व्यवस्था कायम गर्न अनुरोध गरेपछि मन्त्री बोहोराले सरकारले यसलाई निरन्तरता दिने बताएका हुन् । उनले आफू मन्त्री रहेसम्म सो यो निर्णय फेरवदल नहुने भन्दै आश्वस्त तुल्याएका थिए । 

भेटमा अन्तराष्ट्रिय गैरसरकारी संघसंस्थाका प्रतिनिधिहरुले फ्रिभिसा, फ्रिटिकटको व्यवस्थालाई कायम राख्न विभिन्न जिल्लामा बैदेशिक रोजगारीबाट फर्केर आएकाहरु तथा आप्रवासी कामदारका परिवारले प्र्रिmभिसा, फ्रिटिकटको व्यवस्था कायम राख्न आग्रह गर्दै प्रमुख जिल्ला अधिकारीहरु मार्फत ज्ञापनपत्र बुझाइरहेको तर्फ ध्यानाकर्षण पनि गराएका थिए । 

मन्त्री बोहोराको फाइल तस्वीर । भेटको तस्वीर सौजन्यः भावना अधिकारी/सामी हेल्भेटास 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय